सुजाता राई
विराटनगर । प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेश, विराटनगरमा असार ११ गतेको निर्णयअनुसार कोशी प्रदेशका विभिन्न जिल्लाका जिल्ला खेलकुद विकास समितिमा अध्यक्ष तथा उपाध्यक्ष नियुक्त गरिएको छ।



खेलकुद क्षेत्रको विकास, विस्तार तथा जिल्लास्तरमा खेल गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ खेलप्रेमी तथा उत्साही युवाहरूलाई नेतृत्वको जिम्मेवारी दिइएको बोर्डले जनाएको छ।

नियुक्त पदाधिकारीहरूमा ताप्लेजुङबाट अध्यक्षमा चन्द्रकुमार थवै र उपाध्यक्षमा अन्जना कडरिया, पाँचथरबाट अध्यक्षमा सन्तोष मोक्तान, इलामबाट अध्यक्षमा एतिराम काफ्ले र उपाध्यक्षमा सुशीला गुरुङ, धनकुटाबाट अध्यक्षमा मनोजकुमार राई र उपाध्यक्षमा प्रीति राई, झापाबाट अध्यक्षमा शेखर कँडेल र उपाध्यक्षमा लक्ष्मी देवान, सोलुखुम्बुबाट अध्यक्षमा अर्जुनबहादुर रोका र उपाध्यक्षमा कृष्ण तामाङ, संखुवासभाबाट अध्यक्षमा लक्ष्मण लिङथेप र उपाध्यक्षमा कल्पना मगर, भोजपुरबाट अध्यक्षमा देउप्रकाश राई, ओखलढुंगाबाट अध्यक्षमा अनितबहादुर गुरुङ, तेह्रथुमबाट अध्यक्षमा राजकुमार नेपाल, उदयपुरबाट अध्यक्षमा धिराज खड्का तथा सुनसरीबाट अध्यक्षमा केशवकुमार कार्की नियुक्त भएका छन्।

नवनियुक्त पदाधिकारीहरूले जिल्लामा खेलकुदको विकास, खेलाडी उत्पादन तथा खेल गतिविधिको विस्तारमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा प्रदेश खेलकुद विकास बोर्डले गरेको छ।




