महाेत्तरी- महाेत्तरीकाे गाैशाला नगरपालिका १२ मा सार्वजनिक पाेखरीमा बाख्राकाे खाेर बनाउन अतिक्रमण गरेको छ । गाैशाला नगरपालिका १२ पुरानो कान्तिबजार टाेल स्थित रहेको सार्वजनिक पाेखरीलाई बाख्राकाे खाेर बनाउन अतिक्रमण गरेको हाे । स्थानीय लिलमान माेक्तानले पाेखरीकाे पश्चिम र दक्षिण पट्टीबाट बालुवाले हुरेर अर्थात भरेर बाख्राकाे खाेर बनाउन खाेजेकाे नाम नबताउने सर्तमा एक स्थानीयले बताए ।

लिलमान माेक्तानकाे भाई बनमान माेक्तानले समेत यो भन्दा पहिला नै बाख्राकाे खाेर बनाउने बहनामा पाेखरीमा बालुवाले पुरेर खाेर बनाएको थियोे । पछि आएर खाेर भत्काएर घर नै बनाएको छ । फेरि अहिले दाई लिलमान माेक्तानले पनि बालुवाले पुरी रहेको छ । यहाँ पहिलादेखि मेराे बाख्राकाे खाेर थियोे । अहिले भत्काएर नयाँ बनाउने योजना छ । र अर्को कुरा यो बाटोको छेउ रहेकोले बालबालिकाहरुलाई जाेखिम छ । बालबालिकाहरुकाे डुब्ने सम्भावना बढी भएको कारण अलिकता बालुवाले पुरेको लिलमान माेक्तानले स्विकारे । पाेखरी भएको जग्गा पहिला खालि थियोे ।
करिब २०२२ मा पितम्बर सिंह (महराजी) भन्नेले मुसहरहरुलाई ज्यालामा राखि पाेखरी खनेको थियोे । त्यस यता करिब पच्चीस वर्ष पहिला गाउँलेहरुले चंदा संकलन गरि पाेखरीलाई मर्मत गरेका स्थानीय लक्ष्मी ठाकुरले बताए । २०७४ सालकाे चुनावपछि आएका स्थानीय सरकारकाे आर्थिक सहयोगमा पाेखरीकाे दक्षिण पट्टी पर्खाल लगाएकाे थियोे । त्यसपछि सामुदायिक विकास तथा पैरवी मञ्च नेपालकाे आर्थिक सहयोगमा मुहारकाे दक्षिण, पुर्व, उत्तर र पश्चिमपट्टी गरि चारैतिरबाट समेत पाेल र काटा तारले घेराबेरा गरेका थिए ।

हामीले सुरुदेखि नै माैखित रुपमा पटकपटक जानकारी गराएपनि पाेखरी अतिक्रमणकाे काम राेकिएन । अहिले गाैशाला नगरपालिका, जिल्ला प्रशासन कार्यालय जलेश्वर, ईलाका प्रहरी कार्यालय गाैशाला लगायत सम्बन्धित निकायहरुमा पत्रचार गरेको छु कानुनी प्रक्रिया अगाडि बढाउनलाई उक्त वडाको अध्यक्ष कुशेश्वर सिंह कुशवाहाले बताउनुभयो । सम्बन्धित निकायहरुसँग समन्वय गरि कार्वाही प्रक्रिया अगाडि बढाउने महाेत्तरीका डिएसपी सन्तु जयसवालले जानकारी दिए ।





