
महोत्तरी - महोत्तरी जिल्लाको मटिहानी रंगशालामा आजदेखि प्रथम मेयर फुटबल प्रतियोगिता सुरु भएको छ ।मटिहानी रङ्गशालामा मटिहानी नगरपालिकाको आयोजना तथा जिल्ला फुटबल संघ महोत्तरीको सहयोगमा आयोजित प्रतियोगितामा महोत्तरी र धनुषाका जम्मा आठ वटा फुटबल टिमहरू सहभागी रहेका छन ।
यसै बीच सो मेयर कप फुटबल प्रतियोगिताको मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डल,महोत्तरी जिल्लाको प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल,सशस्त्र प्रहरी बल नेपाल मधेश प्रदेशका DIG दीपेन्द्र साह र महोत्तरी पत्रकार महासंघका कार्यवाहक अध्यक्ष सुनीता बरालले संयुक्त रुपमा समुद्घाटन गर्नुभयो ।यसैबीच कार्यक्रममा बोल्नु हुँदै प्रमुख मण्डलले खेलकुद हामी सबैको लागि अत्यावश्यक रहेको हुँदा खेलकुदको विकास गर्न आवश्यक रहेको भन्नुभयो।

त्यसै क्रममा बोल्नुहुँदै प्रमुख जिल्ला अधिकारी गेलालले खेलकुदले राष्ट्रको विकासको सँगसँगै राष्ट्रलाई विश्व स्तरसम्म चिनाउन मद्दत गर्दछ ।त्यसै गरी DIG दीपेन्द्र साहले खेलकुदले युवाहरुमा सिर्जनात्मक अभ्यासको विकास गरी समाजमा बढिरहेको सामाजिक अपराध र लागु पदार्थ दुर्ब्यासान कम हुने बिस्वास ब्यक्त गर्नु भयो ।

उक्त प्रतियोगिताको पहिलो खेल आज बैंगखाडी युवा क्लब र एपीएफ ९ नं. गण जलसागर को बीचमा भएको थियो।उक्त खेलमा मध्यान्तर पछि १ गोल हानेका APF को टीमले बैंगखाडी युवा क्लब १-० को अन्तरले पराजित गरेका छन । यस प्रतियोगिताको दोस्रो खेल भोली दिनको २ बजे देखि एभरेष्ट एफ.सी. सर्लाही VS महावीर स्पोर्टस क्लव खजुरी हुने छ ।
