
धनुषा - नेपाल विद्यार्थी संघको ५५औ स्थापना दिवसको अवसर पारेर ने.वि.संघ केन्द्रिय कार्यालयको कार्यक्रम अनुसार ने.वि.संघ धनुषा सभापति सुजित यादव, केन्द्रिय प्रतिनिधि मितिश यादव, स्ववियु सभापति मनिष यादव लगायत युवा विद्यार्थी नेताहरुले धनुषाको मिथिला बिहारी नगरपालिका प्रमुख लाई ज्ञापन पत्र बुझाएका छन ।
नेपाल विद्यार्थी संघले देशको ७५३वटै स्थानियतहरुमा वर्तमान शिक्षा अवस्थाको अनुगमन तथा सुदृढ़ीकरण गर्न १७ बुँदे मांग सहित नेपाल विद्यार्थी संघले ७५३वटै स्थानियतहहरुमा ज्ञापन पत्र बुझाएको हो । उक्त कार्यक्रम लाई ध्यानमा राखी ने.वि.संघ धनुषाले पनि धनुषा जिल्लाको १७ पालिकाका प्रमुखहरुलाई ज्ञापन पत्र बुझाएको हो ।
ने.वि.संघ ले शैक्षिक अनुगमन, अवस्था सुदृढ़ीकरण लगायत शिक्षक हरुका तलब,छात्रवृत्ति,आधुनिक शैक्षिक सामग्री प्रयोग, एक पालिका एक आवसिय विद्यालय, सिप मुलक शिक्षा र विद्यार्थीको गुनाशो सुन्ने तथा समाधान गर्ने निति निर्माण गर्न ने.वि.संघले ज्ञापन पत्र मार्फ़त स्थानिय र केन्द्र सरकार समक्ष माँग राखेको छ ।