
महोत्तरी - महोत्तरी जिल्लाको मटिहानी नगरपालिका स्थित मटिहानी रंगशालामा जारी प्रथम मेयर कप फुटबल प्रतियोगितामा जलेश्वर फुटबल क्लबले APF जलसागरलाई ३-२ गोलको अन्तरले पराजित गरी उक्त प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
आज मटिहानी रंगशालामा जारी प्रथम मेयर कप फुटबल प्रतियोगिताको दोस्रो सेमीफाइनल खेल जलेश्वर फुटबल क्लब र APF जलसागर बीच भएको थियो। जसमा खेलको निर्धारित समयमा कुनै टीमले गोल हान्न नसकदा खेल पेनाल्टीमा गएको थियो । त्यसपछि पेनाल्टीमा जलेश्वर फुटबल क्लबले ३ र APF जलसागरले २ गोल मात्र हान्न सकेका थिए ।
त्यसैगरी उक्त प्रतियोगिताको फाइनल खेल मिति २०८१-०१-१० गते सोमवार दिनको ३ बजे जलेश्वर फुटबल क्लब र एभेरेष्ट एकेडमी फुटबल क्लब बीच मटिहानी रंगशालामा हुने छ ।











