शिरीष न्युज डटकमका महोत्तरी जिल्ला ब्युरो प्रमुख तथा खबर दर्पण दैनिकका उपसम्पादक धर्वेन्द्र कुमार यादव ’यदुवंशी’ माथि भएको आक्रमण तथा मोबाइल फुटाउने घटनामा संलग्न उपर कार्वाहीको माग गरिएको छ।
शिरीष मिडिया ग्रुपले एक विज्ञप्ती जारी गर्दै ’यदुवंशी’ लाई औरही नगरपालिकामा ऋणीहरुको संगठन किसान मजदुर संघर्ष समितिले नगरसमिति गठन गर्न औरहीमा आयोजना गरेको भेलाको समाचार तथा तस्बीर खिच्ने क्रममा गरिएको आक्रमण तथा मोबाइल समेत फुटाएको घटना प्रति शिरीष मिडिया ग्रुपको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।



औरहीमा संघर्ष समितिको कार्यक्रममा सहभागि हुन ऋणीहरु आईपुग्दा साहुकारहरु समेत उपस्थिति रहेको बेला विस्तारै तनावपुणर् अवस्था हुदै गएको र सोहि बेला एक महिलालाई दुई महिलाले कुटपिट गरिरहेको भिडियो र फोटो खिच्दै गरेका पत्रकार यदुवंशीको मोबाईल खोसेर तोडिएको थियो । मोबाईल खोसेर तोडन पक्की घर तर्फ फालेको थियो। साहुकार पक्षका व्यक्तिहरुबाटै मोबाईल फुटाएको आशंका पत्रकार यदुवंशीले व्यक्त गरेका छन् । उनले साहुकारहरु सोहि बेला उतेजित रहेको र ऋणीहरुलाई कुटपिट गरिरहेको भिडियो तथा फोटोहरु कसैले नखिचुन भनेर संचारकर्मीहरुमाथि समेत जाइलागेका थिए ।
पत्रकार यादवसंग भएको घटना वारे जानकारी पाए लगतै घटना स्थल आईपुगेका नयाँपत्रिकाकर्मी रञ्जन भण्डारीको समेत मोबाईल खोस्ने साहुकार पक्षधरहरुले प्रयत्न गरेका थिए । तर नयाँपत्रिकाकर्मी भण्डारीले आफनो मोबाईल जोगाएका थिए ।
विज्ञप्ती मार्फत यसरी समाचार संकलन र तस्बीर खिच्नले विषयलाई लिएर पत्रकार माथि दुव्र्यवहार, कुटपिट तथा संचारसामग्री तोडफोड तथा कुनै पनि बहानामा पत्रकार माथि आक्रमण प्रेस स्वतन्त्रता विरोधी काम जनाइएको छ।

विज्ञप्तीमा शिरीष मिडिया ग्रुप प्रेस स्वतन्त्रता विरोधी यस्ता कार्यको घोर निन्दा र भत्र्सना गर्दै यस घटनामा संलग्नलाई पहिचान गरि तत्काल कानुनी दायरामा ल्याउन र पत्रकारको शान्ति सुरक्षामा गम्भीर बन्न स्थानीय प्रशासन संग जोडदार माग गरेको उल्लेख छ।
यसैबीच पत्रकार यदुवंशीले जिल्ला प्रशासन कार्यालय महोत्तरीमा शान्ति सुरक्षा तथा क्षतिपूर्तिको लागि उजुरी समेत दर्ता गराएको छ।
उनले उजुरीमा आफू माथि आक्रमण गर्ने र मोबाइलमा क्षतिपुर्याउनेको पहिचान गरी क्षतिपूर्तिको व्यवस्था मिलाई दिनुको साथै आवश्यक शान्ति सुरक्षा समेत व्यवस्था गर्न माग गरेको छ।





