
बर्दिवास- महोत्तरीको बर्दिवास नगरपालिका ३ स्थित पाटु खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा माछा छाप चुनाब चिञ्हका अणक बहादुर बानियाँ १ सय ३४ मत ल्याएर निर्वाचित भएका छन्। बानियाँले ४४ मतले उनका निकतम प्रतिद्वन्दि कृष्ण बहादुर खड्कालाई उछिन्दै निर्वाचिथ भएका हुन् । बानियाँका प्रतिद्वन्द्वी खडकाले ९० मत ल्याएका थिए ।
खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अन्य सदस्य तथा पदाधिकारी निर्बिरोध निर्वाचित भएका छन्। निर्बिरोध निर्वाचित हुने उपाध्यक्षमा सानुबाबु कार्की(राजन), सचिबमा कुमार बराईली ,कोषाध्यक्षमा भाबना बुढाथोकी सदस्यमा प्रमिला माझी, लगायतका रहेका छन् ।
कुल २ सय ३६ उपभोक्ता रहेको सो संस्थामा २ सय २६ उपभोक्ताले मतदान गरेको नेपाली कांग्रेस बर्दिवास नगरपालिकाका सचिब तथा सामाजिक अभियन्ता बिनोद ढुङ्गेलले जानकारी दिए ।
शनिवार बिहान ७ बजेदेखी दिउँसो २ बजे सम्म भएको मतदानको मतगणना हुँदा २ मत बदर भएको थियो ।