काठमाडौँ । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा शनिबार सार्वजनिक भएको छ । नेपालस्थित अमेरिकी दूतावासले यसबारे जानकारी दिएको हो ।
शनिबार राति ९ बजेबाट आफ्नो कन्फरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सकिने दूतावासले जनाएको छ ।
दूतावासका अनुसार यो नै इडिभीको नतिजा थाहा पाउने एक मात्र तरिका हो ।


