
महोत्तरी - मटिहानी नगरपालिका वडा नं ६ स्थित जरलहवा गाछीमा आगलागीले क्षतिग्रस्त क्षेत्रका पीडितहरूलाई आइतवार जमिअत उलमाए नेपाल महोत्तरी शाखाले सुत्नको लागि खाट (पलङ) वितरण गरेको छ । मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडल, जमिअत उलमाए नेपाल महोत्तरी शाखाका अध्यक्ष शेख महीयुद्दिन र केन्द्रीय सदस्य मसीहुल्लाले संयुक्त रूपमा उक्त खाट (पलङ) वितरण गरेका हुन् ।

मटिहानी नगरपालिका वड़ा नं. ६ का जम्मा १०३ अग्नि पीडितहरूलाई १/१ वटाका दरले विखाट (पलङ) वितरण गरिएको कुरा जमिअत उलमाए नेपाल महोत्तरी शाखाका सचिव मोहम्मद अनिषले बताए । सो वितरण गर्दै नगर प्रमुख मंडलले जमिअत उलमाए नेपाल महोत्तरी लगायत अन्य संस्थाले हामीलाई यस विपदको समयमा सहयोग गरेकोमा खुशी साथ धन्यवाद ब्यक्त गरे ।

उक्त खाट (पलङ) वितरण गर्दै संस्थाका जिल्ला अध्यक्ष शेख महियुद्दीनले आफूहरू गरिब,असहाय र पीडितलाई सहयोग गर्दै आइरहेको र यो खाट (पलङ) यहाँका अग्नि पीडितलाई सुत्न र आराम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उक्त खाट (पलङ) वितरण कार्यक्रममा मटिहानी नगरपालिका वड़ा नं. ६ का वड़ा अध्यक्ष कलीम अंसारी, वड़ा सदस्यहरु, जमिअत उलमाए नेपालका प्रतिनिधिहरु, लगायतका स्थानीयहरुको उपस्थिति रहेको थियो ।





