महोत्तरी - महोत्तरीको रामगोपालपुर नगरपालिकामा सामुदायिक भवनको शिलान्यास भएको छ । विवाह र विभिन्न उत्सवका लागि सुविधायुक्त ठाउँको आभाव भएपछि सामुदायिक भवनको शिलान्यास भएको हो ।
महोत्तरी निर्वाचन क्षेत्र ४ को (ख) बाट निर्वाचित मधेस प्रदेशका सांसद एबम पुर्ब आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाको प्रमुख अतिथिमा आज एक कार्यक्रमका बीच रामगोपालपुर नगरपालिका ८ बिर्तामा सामुदायिक भवनको शिलान्यास भएको छ।
मधेश प्रदेशका सांसद एवं पुर्व राज्य मन्त्री कुशवाहाले स्थानीयहरुलाई विवाह, ब्रतबन्ध लगायतका उत्सवमा सुविधायुक्त भवनको आभाव भइरहेको महसूस गरि आफ्नो बिशेष पहलमा मधेश प्रदेशका सामाजिक बिकास मन्त्रालयको बजेटबाट भवन निर्माण गराउन लागेको बताए।
रामगोपालपुर नगरपालिका - ८ बिर्तामा २० लाखको लागतमा सामुदायिक भवन निर्माण हुन लागेको स्थानीयहरुले बताए। शिलान्यास गर्दै उहाँले भनुभो आफू जितेको क्षेत्रमा बिकासको लागि हामी तत्पर छौ, यस क्षेत्रको बिकास,समृद्धिका लागि सम्पूर्ण क्षेत्रबासीको साथ सहयोग आवश्यक रहेका बताउनु भयो शिलान्यास कार्यक्रममा ने.क.पा.एमाले नेता राम लाल मण्डल,ज.स.पा.नेता बिपिन्न मण्डल,ज्ञानेन्द्र साह,सुनिल महतो,शिबु सिंह र नागरिक समाजहरूको उपस्थितिमा सम्पन्न भएको छ।