महोत्तरी । शहरी क्षेत्रमा खाना पकाउन ग्याँस हिटर, इन्डक्सनको प्रयोग बढ्दोछ। तर, ग्रामीण भेगमा अझै पनि दाउरा र गुइठा प्रयोग गरी खाना पकाउने गरिन्छ । दाउरा र गुइठाको प्रयोग कम नहुँदा ग्रामीण क्षेत्रका महिला तथा बालवालिकामा दीर्घ रोगका समस्या देखिने जोखिम बढेको छ । महोत्तरीको लिला पासवानले गुइठा र दाउरामा खाना बनाउन थालेको वर्षों भैसक्यो ।
खाना बनाउँदा घरभरी धुवाँ फैलन्छ जस्ले गर्दा उहाँलाई निशासिएको जस्तो हुन्छ।लीलालाई धुवाँकै कारण बेलाबेलामा खोकी लाग्ने, छाती दुख्ने समस्या छ । लिला मात्रै होइन, तराईका अधिकांश स्थानमा गोबरबाट बनेको गुइठा र दाउरा नै खाना बनाउन प्रयोग गरिन्छ। गुइठा र दाउराबाट निस्कने धुवाँमा स्वास्थ्यका लागि हानिकारक तत्व कार्बनमनोअक्साईड, नाइट्रोजन अक्साइड लगायतका ग्यास निस्कन्छन् ।
जुन ग्यासहरु क्यान्सर लगायत अन्य दीर्घ रोगको कारक
हो । यसको प्रत्यक्ष असर महिला तथा बालबालिकामा देखिने चिकित्सकको भनाइछ । चिकित्सकका अनुसार जस्तै जति धेरै धुवाँमा बसेर खाना बनाउँछ,उस्लाई दीर्घ रोग लाग्ने सम्भावना उत्तिकै बढी हुन्छ । त्यसैले दाउरा,गुइठाको विकल्पमा ग्याँस चुलो,विद्युतीय सामग्री प्रयोग गरी खाना पकाउन चिकित्सकको सुझाव छ । आर्थिक अभावका कारण ग्याँस चुली किन्ने, विद्युतीय सामग्री प्रयोग गरी खाना बनाउने अवस्था सबैको छैन । जस्ले गर्दा दाउरा र गुइठामा धुवाँमा खाना बनाउनु पर्ने बाध्यता छ।
धुवाँले गर्ने असरको बारेमा जानकारी नपाउँदा पनि वर्षौंदेखि गुइठा र दाउराको प्रयोग भैरहेको छ । यस कुरालाई मध्ये नजर गर्दै धुवाँले स्वास्थ्यमा पार्ने प्रभावको विषयमा जनचेतना फैलाउनु र दाउरा र गुइठाको विकल्पमा ग्याँस चुलो,इिन्डक्सन चुली, हिटर लगायतको प्रयोगमा सहुलियत दिन सरकारले योजना सार्नु आवश्यक देखिन्छ ।




