काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुट्ने भएको छ । वरिष्ठ नेता अशोक राई आफ्नो पक्षमा बहुमत रहेको दाबीसहित नयाँ दल दर्ताको निवेदन लिएर निर्वाचन आयोग पुगेका छन् ।
नयाँ दलको नाम नेपाल हटाएर जसपामात्र राखिएको राईनिकट स्रोतले बतायो । अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेको बेला राईले पार्टी विभाजनको प्रयास गरेका हुन् ।
प्रतिनिधिसभामा हाल जसपाका १२ सांसद छन् । तीमध्ये विभाजनको पक्षमा ८ जना सांसद उभिएको स्रोतको जिकिर छ ।
अहिले दल दर्ता प्रक्रिया चलिरहेको सांसद सुशीला श्रेष्ठले बताइन् ।
नयाँ दल दर्ताको निवेदन लिएर यी ७ सांसद आयोग पुगेका छन् ।
१. अशोककुमार राई
२.नवलकिशोर साह
३. रञ्जु ठाकुर
४. हसिना खान
५. वीरेन्द्र महतो
६. सुशीला श्रेष्ठ
७. प्रदीप यादव