
महोत्तरी - महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा पि सि सि सडक ढलानको शिलान्यास भएको छ । महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ को (ख) बाट निर्वाचित मधेस प्रदेशका सांसद एबम पुर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुश्वाहाको प्रमुख अथितिमा सम्सि गाउँपालिका वडा नम्बर - ३ लक्ष्मिनिया बैरगिमा शिलान्यास भएको छ ।
पुर्व राज्य मन्त्री कुशवाहाले स्थानीयहरु लाई असारको महिनामा आवत जावत गर्न समस्या भइरहेका कारण सो सडक ढलान गर्न थाल्नि सुरु गरिएको कुरा बताएको छ । आफ्नो बिशेष पहलमा मधेश प्रदेशका सामाजिक बिकास मन्त्रालयको बजेटबाट सडक ढलान गराउन लागेको बताए।लक्ष्मिनिया देखि गैढा भेटपुरसम्म जाने सडकमा लक्ष्मिनिया देखि १५०मिटिर लम्बाइ र १८ फिट चाैडाइ सम्म पि सि सि सडक ढलान को शिलान्यास गरेको छ ।
ढलान हुनलागेको सडकमा करिब २० लाखको लागतमा ढलान हुन लागेको स्थानीयहरुले बताए। सडक ढलान भएपछि आवश्यक्ता अनुसार गरिब जनतालाई सहज हुनुका साथै सामाजिक संघ-संस्थालाई आफ्ना गतिविधि सञ्चालनमा सहयोग हुने उनले बता एक गाउँबाट मुख्य सडकसम्म जन सम्या हुँदै गइरहेकाे समयमा उक्त सडक ढलान हुन लागे पछी स्थानीयहरु खुशि भएका छन ।
साथै स्थानीयहरुले पुर्व राज्य मन्त्री कुशवाहा लाई धन्यवाद समेत दिनुभएको छ।शिलान्यास गर्दै उहाँले भनुभो आफू जितेको क्षेत्रमा बिकासको लागि हामी तत्पर छौ, यस क्षेत्रको बिकास,समृद्धिका लागि सम्पूर्ण क्षेत्रबासीको साथ र सहयोगको आवश्यक रहेका बताउनु भयो उक्त कार्यक्रममा यस पालिकाका वडा अध्यक्ष अतिकुल रहमान,जसपा नेता असगर अंसारी,विशेश्वर साहलगायत स्थानियहरुको उपस्थिति रहेका थिए ।