
महोत्तरी - महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले महिला सहकारी संस्थालाई लैपटॉप सेट,प्रिन्टर र कैरेट वितरण गरेको छ। यसै बीच एक समारोह बीच मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडलले महिला सहकारी संस्थाका अध्यक्षहरुलाई उक्त लैपटॉप सेट, प्रिन्टर र कैरेट हस्तान्तरण गर्नुभयो ।
मटिहानी नगरपालिका र हेफर प्रोजेक्ट नेपालको सहयोगमा सञ्चालित " कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजना "अन्तर्गत आज उक्त परियोजनाले गठन गरेको विभिन्न महिला समूहका तिन वटा महिला सहकारी संस्था (साहसी महिला उद्द्यमी महिला सहकारी संस्था, सेवा महिला उद्द्यमी महिला सहकारी संस्था र मटिहानी सामाजिक साहसी महिला उद्द्यमी महिला सहकारी संस्था)लाई १ थान लैपटॉप र प्रिन्टर सेट र ४०/४० थान कृषि उत्पादन सामग्री राख्न कैरेट वितरण गरेको कुरा उक्त परियोजनाका परियोजना संयोजक महेश राय यादवले बताउनुभयो ।
उक्त कार्यक्रममा हेफर प्रोजेक्टका बरिष्ट कार्यक्रम अधिकृत मिथिलेश झा, पशु शाखाका शाखा प्रमुख दिलीप यादव, हेफर प्रोजेक्टका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।





