
भैरहवा- रुपन्देही प्रहरी ले अनलाईन सट्टेवाजी (जुवा) खेलाउने १३ जना भारतिय नागरिक लाई बुटवल उप-महानगरपालिका वडा नं. ११ कालिकानगर वाट पक्राउ गरेको छ। पक्राउ परेका भारतिय हरु ले बुटवल कालिकानगर-११ मा रहेको अन्जना शर्मा को घर फल्याट भाडा मा लिई फेयर प्ले, अनलाईन वेटिगं साईट मार्फत जुवा खेलाउँदै आएको रुपन्देही प्रहरी ले जनाएको छ।
प्रहरी लाई प्राप्त गोप्य सुचना को आधार मा इलाका प्रहरी कार्यालय बुटवल वाट खटिएको प्रहरी टोली ले मंगलवार विहान कालिकानगर-११ मा रहेको घर वाट १३ जना भारतिय नागरिक लाई पक्राउ गरेको हो । निज हरु वाट विभिन्न कम्पनी को ल्यापटप १३ थान, मोवाईल सेट ४० थान , प्रयोग नगरिएको भारतिय सिमकार्ड १३ थान, सिमकार्ड को खोल १८ थान, राउटर ४ थान, मोवाईल र ल्यापटप को चार्जर, विभिन्न व्यक्ति को तस्विर १२ थान र भारतिय वैंक हरु को कागज र आधार कार्ड वरामद गरेको प्रहरी ले जनाएको छ।

निज भारतिय नागरिक हरु ले विभिन्न मोवाईल सेट र ल्यापटप को प्रयोग गरि वाट्सएप समेत को माध्यम वाट जुवा संचालन गरि अवैध तवर वाट अनलाईन रकम ट्रान्सफर, आदानप्रदान गरिरहेको अवस्था मा फेला पारी पक्राउ गरिएको र सवै १३ जना लाई रुपन्देही जिल्ला अदालत वाट ७ दिन को म्याद थप भई इलाका प्रहरी कार्यालय बुटवल वाट आवश्यक अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देही का प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्ट ले जानकारी गराएका छन्।