
गणेश कुमार सिंह,महोत्तरी- जलेश्वर स्थित नापी कार्यालय महोत्तरीका कर्मचारीले सेवाग्राहीसंग घुस मांगेको आरोप पछि मगंलवार केहिबेर विवाद भयाे । एक सवेग्राहीको काम गरिदिने वापत साेही कार्यालयका ९ नं. फाटका अमिन अनिल कुमार यादवले पाँच हजार घुस मागंको आरोप छ ।
सेवाग्राहीले काम गराउनु पर्ने भएकोले पहिले रकम दिने स्विकारेर काम समाप्त भएपछि आफु सँग पैसा नभएको बताएपछि कर्मचारीले फाइल दिन नखाजेपछि विवाद भएको थियो। गौशाला नगरपालिका १२ निवासी श्रवण कुमार सिंह आफ्नो जग्गा बेच्न कार्यालयमा पुगेको बेला आफुसंग अमिन यादव र कागजमा तोक लगाउने अधिकृतले घुस मांगेको आरोप लगाए । उनले आफ्नो फाईल कर्मचारीसंग लिईसकेपनि नापी कार्यालयमा सेवाग्राहीले दैनिक यसरी कर्मचारीहरुले ठग्ने भएकोले प्रवृति रोक्न जिल्ला प्रसासन कार्यालयमा उजुरी गर्ने बताए ।
नापी कार्यालय महोत्तरीका प्रमुख राम विनय कुमार सिंहले घटना वारे सुचना अधिकारीले जवाफ दिने भन्दै पन्छिए । उनले हाम्रो सुचना अधिकारीसंग कुरा गर्नुस भने । यता कार्यालयका सुचना अधिकारी नापी अधिकतृ रामचन्द्र पंडितले सोहि सेवाग्राहीको कागजमा आफुले नै सहिछाप गरको बताउदै सेवाग्राहीसंग आफुले कुनै रकम नमांगेको बताए । उनले अमिन यादवले पैसा मांगेको वा नमांगेको वारे छानविन गरिने बताए ।
नापी कार्यालय र मालपोत कार्यालयमा दैनिक सेवाग्राहीसंग काम गरिदिने बापत रकम ठगि हुने घटना सुनिदै आइएपनि हालसम्म कुनै निकायबाट अनुगमन भएको नदेख्दा सेवाग्राहीहरुले माथिसम्मकै मिलोमतोरहेको आफहुरुको बुझाइ रहेको बताए । यता घुस मांगेको आरोप लागेका कर्मचारी होहल्ला पश्चात कार्यालय छाडेर भागेका थिए।