
धनुषा - धनुषामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।बाली संरक्षण गर्न खेतमा लगाएको विद्युतीय बारमा करेन्ट लागेर युवकको मृत्यु भएको प्रहरीले जनाएकोछ।
मृत्यु हुनेमा धनुषाको बटेश्वर गाउँपालिका २ धुमासन बस्ने जोगेन्द्र महतोका २३ वर्षीय छोरा अमरेश कुमार महतो छन् । बुधवार दिउँसो घाँस लिन निस्केका अमरेशको शव विहिवार मात्र स्थानीय पदम लामाको खेतमा फेला परेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।
उत्तरी भेगमा निलगाइको आतंक रहेको हुँदा खेतमाकिसानले विद्युतीय बार लगाउने गरेका हुन् । निलगाइबाट परबल बाली जोगाउन खेतमा लगाइएको बारमा जडान गरेको विद्युतीय तारमा करेन्ट लागेर अमरेशको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।