
धनुषा - अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयले सर्वजनिक गरेको तीनमहिने मानवअधिकार स्थिति सूचकप्रतिवेदनअनुसार मधेस प्रदेशमा सन् २०२४ जनवरी देखि मार्च अर्थात तीनमहिनाको अवधिमा ३ सय १८ जनाव्यक्तिमानवअधिकार उल्लंघन तथाज्यादतीका घटनामा पीडित भएका छन् । जसमध्ये अन्य पक्षबाट ३ सय १६ र राज्य पक्षबाट दुई गरी ३ सय १८ जना पीडित भएकाहुन् ।
यो अवधिमाराज्य पक्षबाट एक पुरुषको हत्याभएको छ । सर्लाहीको बहरहवानपा-६का ३१ वर्षीय अजयशंकर साहलाई प्रहरीले ०८० पुस २० गते प्रहार गरेको गोलीलागी मृत्यु भयो । बरहथवानगरपालिकाकोप्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती गर्ने विषयमाविवादहुँदाकाँग्रेस कार्यकर्ताहरुले बरहथवानगरपालिकाको कार्यालय र नगर प्रमुखकल्पना कटवालको घरमा ढुंगामुढा गरेपछि प्रर्दशनकारी र प्रहरी बिच झडप भएको थियो ।
त्यसैगरी यो तीनमहिनाको अवधिमाअन्य पक्षबाट १० महिला र २ पुरुषको हत्याभएको छ । जसमध्ये सिरहामा ३, सर्लाही र रौतहटमा १/१ गरी ५ जनामहिलाको आफ्नै परिवारजनबाट हत्याभएको छ ।इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार यो तीनमहिनाको अवधिमा २ सय ४६ जनामहिला र बालिका पीडित भएका छन् ।
जसमध्ये बलात्कार घटनामा २८, यौन दुव्यवहारका घटनामा ५, बेचविखनतथाओसार पसारको घटनामा ४, घरेलु हिंसाका घटनामा १ सय ९४, वहुविवाहका घटनामा २, बलात्कार प्रयासका घटनामा १२ र वोक्सीको आरोपमा १ जनामहिला पीडित भएका छन् ।