
महोत्तरी(औरही )- औरही नगरपालिकाको १३ औं नगर सभा(हिउँदे अधिवेशन) सुरु भएको छ ।आईतवारबाट औरही नगरपालिकाको १३ औं नगर सभा (हिउँदे अधिवेशन)को रुपमा सुरु भएको हो ।
औरही नगरपालिकाका प्रमुख तथा सभाका अध्यक्ष प्रदिप कुमार खड्काले हिउँदे अधिवेशनको उद्घाटन गर्दै अधिवेशनमा १३ बुंदे प्रस्तावहरु पेश गरेका हुन्।३ दिनसम्म चल्ने नगर सभाको पहिलो दिन वडाहरुको बजेट संसोधित गरिएको छ।
स्थानिय सरकार संचालन ऐन अन्तर्गत वर्षको २ पटक अनिवार्य रुपमा नगर सभा गर्नुपर्ने भएकाले हिउँदे नगर सभा(हिउँदे नगर सभा ) सुरु गरिएको औरही नगरपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्रलाल कर्णले जानकारी दिए ।
नगरपालिकाको आफ्नै सभा हलमा १३ औं नगर सभा (हिउँदे अधिवेशन) संचालन गरिएको कर्णले जानकारी दिए । नगर सभा (हिउँदे अधिबेशन)मा यस अघि पारित भएका बिभिन्न कार्यक्रमहरुको संसोधन तथा बिभिन्न ऐनहरु पारित गरिने नगरपालिका श्रोतले बताएको छ ।
औरही नगरपालिका श्रोतका अनुसार नगर सभा (हिउँदे अधिबेशन)बाट अर्धवार्षिक समिक्षा तथा नयाँ कार्यक्रम तथा योजनाहरुका विषयमा छलफल गर्ने छ ।

साथै औरही नगरपालिकाले राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिवसीय कार्यक्रम अन्तर्गत आज फाल्गुन ६ गते नगरपालिका भित्र बिभिन्न कार्यक्रमको गरिने गरि आज बाट नगर प्रमुख प्रदिप कुमार खड्काले उदघाटन गरेका छन्।
सहमारोह कार्यक्रममा नगरपालिकाका नगर प्रमुख खड्काले २००७ सालको क्रान्तीले एक सय चार वर्षसम्मको राणाहरूको एकतन्त्रीय शासनबाट नेपालीलाई मुक्ती दिलाउने काम गरेको स्मरण गर्दै मुलुकलाई आधुनिक युगमा प्रवेश गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
संविधान जारीसँगै मधेसी, जनजाती, दलित र अन्यपछि परेका वर्गको असन्तुष्टिलाई कसरी सम्बोधन गर्ने भन्ने अहिलेको मुख्य विषय रहेको र यसमा दलीय सहमती जुट्न आवश्यक रहेको उनले बताए ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्र अनुसार प्रजातन्त्र दिवसको अवसरमा तीन दिने कार्यक्रम राखिएको नि.प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्रलाल कर्णले बताए ।