
धनुषा- मधेस प्रदेश सरकारबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र आज बाहिरिने भएका छन् ।एमालेका महोत्तरी 'क' का प्रदेश सभासदस्य तथा गृह संचार तथा कानुन राज्य मन्त्री रहेका शारदा देवी थापाले शिरीष न्युज संग संक्षिप्त कुराकानी गर्दै आज एमाले र माओवादीले सरकार छोड्ने तयारी पुष्टी गर्नुभयो ।
नेतृ थापाले एमाले संसदी दलका नेता तथा भाैतिक पूर्वाधार विकास मन्त्रि समेत रहेका सरोज यादवले दुबै पार्टीका ६ जना मन्त्रीहरु नै लाई बोलाएको जानकारी दिंदै भन्नुभयाे , 'हामी तीन जना उपस्थिती भइसकेका छौ, अन्य साथीहरु पनि आउँदैहुनुहुन्छ, सबै जना उपस्थित भएपछि एकैसाथ आज राजिनामा बुझाउछौं।'
मधेशमा जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार यादव मुख्यमन्त्री हुनुहुन्छ । यादव नेतृत्वको मन्त्रिपरिषदमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी छन् । नेपाली कांग्रेस, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी भने सरकार बाहिर छन् ।गत फागुन २१ मा प्रधानमन्त्री प्रचण्डले नयाँ गठबन्धन गरेपछि मधेश सरकार पुनर्गठित भएको थियो । वैशाख ६ मा माओवादी केन्द्रले पुरानो मन्त्रीहरूलाई फिर्ता बोलाउँदै नयाँ मन्त्रीहरूलाई पठाएको थियो । एमालेले पनि त्यसै दिन आफ्ना मन्त्रीहरू सरकारमा पठाएको थियो ।
जनता समाजवादी पार्टी नेपाल विभाजन भएर अशोक राई नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) गठन भएको छ । अशोक राईको नेतृत्वमा जसपा गठन भएपछि मधेश सरकारमा धक्का पुगेको हो ।मधेशमा जसपा नेपाल बाहेकको सरकारको अन्तरिक प्रयास भइरहेको छ ।एकजना एमाले कै नेताले सीके राउत नेतृत्वको जनमत पार्टीलाई मुख्यमन्त्री दिने तयारी रहेको बताउनुभयाे।-अजयकुमार साह