
समाजिक परिवर्तनका लागि युवा मुख्य उदेश्य सहित सबैला न.पा. स्तरीय युवा सञ्जाल गठन गरिएको छ । सेफ नेपाल नामक समाजिक संस्थाको अगुवाइमा अभिमुखिकरण तथा युवा सञ्जाल गठन कार्यक्रमको आयोजना गरि नगर स्तरीय युवा सञ्जाल गठन गरिएको हो ।
अभिमुखिकरण तथा युवा सञ्जाल गठन कार्यक्रममा सबैला नगरपालिकाका प्रमुख कारीराम यादवले आफ्नो मनतव्य भन्नु भयो – युवाहरु बेरोजगार नबसुन भन्दै सिप सिक्नु अति आवश्यक रहेको बताएका छन् । सरस्वती मा.वि ठिल्लामा सेफ नेपालद्वारा आयोजित एक काार्यक्रममा उनले युवाहरु अझ शसक्त र सिपमा जोडिनु आवश्यक रहेको बताउनु भयो ।युवाहरुलाई विभिन्न सिपहरु सिक्न तथा कम्पयुटर शिक्षा, प्राविधिक शिक्षासंग जोडिन अति आवश्यक रहेको र यसको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न लागिएको उनको भनाई छ । विभिन्न संघ संस्थासंग मिलेर युवालाई विदेश पलायन हुनबाट रोक्न हामीले पहल गरि रहेको बताए । नगर प्रमुख यादवले सेफ नेपाललाइ पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
सबैला नगरपालिका भित्र रहेका १३ वटै वडा बाट युवाहरुको सहभागिता गराइएको थियो र नव गठित नगर युवा सञ्जालले स्थानीय युवा नीति निमार्ण गरि नगर भित्रका समस्त युवाहरुको अधिकार प्राप्त गर्न लक्ष्य राखेको सेफ नेपालका परियोेजना संयोजक विनोद महराले जानकारी दिनु भयो । समाजमा रहेका विद्यमान हानिकारक समाजिक मुल्यमान्यता, कुसंस्कार, कुरितीहरुको न्युनिकरण गर्न तथा युवाहरु केन्द्रित समस्याको पहिचान र सम्बोधन गर्ने उदेश्यका साथ युवा संजाल गठन गरिएको संयोजक महराले बताए । लैंगिक समानता, अपांगता, फरक क्षमता भएका तथा समाजिक समावेशी (जेडसी) सिद्धान्तको आधारमा महिला युवा तथा सिमान्तकृत वर्गलाई लक्षित गरी युवा संजाल गठन गरिएको उनको भनाई छ ।
द एसिया फाउण्डेसन मुख्य कार्यान्वयन संस्था, यु.एस.ए.आई.डीको सहयोग तथा नागरिक समाज मिडिया कार्यक्रम अन्तर्गत सेफ नेपालले आयोजना गरेको अभिमुखिकरण तथा युवा संजाल गठन कार्यक्रम मार्फत १७ सदस्य युवा संजाल गठन गरेको हो। ललित महराको नेतृत्वमा १७ सदस्य कार्यसमिति बनेको छ । उपाध्यक्षमा प्रीयंका कापर, सचिवमा रोशन कुमार दास, सह सचिवमा कृष्णा पासवान, कोषाध्यक्षमा बिवेक कुमार कापर, सदस्यहरु सुविका यादव, अनु यादव, प्रमोद शर्मा, बब्लु पासवान, सुशिला महरा, अमित शर्मा, अमृता राय, अजित महरा, चतुरसेन महरा, राजु महरा, मनोहर महरा रहेका छन् ।
समाजले युवालाई नागरिक स्थानको अस्तित्व दिन नसकेको र युवाको समस्यालाई पनि परम्परागत रुपमा बुढापाकाले मात्र निर्णय लिने गरेकोले निर्णय प्रकृयामा युवाले स्थान पाउन, आफ्नो कुराको लागि आवाज उठाउन सकुन र त्यसको समाधान गर्न युवा सञ्जालको आवश्यकता रहेको छ ।
महिला युवा, सिमान्तकृत, दलित, मुस्लिम, आदीवाशी, जनजाती, समाजिक समावेशीता लाई मुख्य लक्ष्य राखी युवा संजालले राष्ट्रिय युवा नीति २०७२ को मर्मलाई आत्मसात गर्दै स्थानिय युवा नीतिको कार्यान्वयन, आवश्यक नयाँ नीति निमार्ण गर्ने उदेश्य युवा संजालको गठन गर्न गरिएको हो ।