काठमाडौं- सरकारले शिक्षकले राजनीति दलको कार्यकर्ता हुन नपाउने व्यवस्थाको कार्यन्वयन गर्ने नीति ल्याएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै यस्तो बताउनुभएको हो ।
शिक्षण पेशामा रहेका शिक्षक प्रध्यापक तथा कर्मचारीले राजनीतीक दलको सदस्य हुन नपाउने कानुनी व्यवस्था कार्यन्वयन गरिने जानकारी दिनुभयो ।