
महोत्तरी- सहकारी समस्यालाई दिगोरूपमा समाधान गर्न र विद्यालय शिक्षा विधेयक लगायतका मांग सहित नेपाल विद्यार्थी संघ महोत्तरीले प्रमुख जिल्ला अधिकारी मार्फ़त प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । ने.वि.संघ महोत्तरीका अध्यक्ष सुनिल सुमनको नेतृत्वमा महोत्तरीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाईएको हो ।
चार बुँदे मांग सहितको ज्ञापन पत्रमा ने.वि.संघले वर्तमान सरकारको मन्त्रीपरिषदका सदस्यहरु माथि रहेका आरोपहरु विभिन्न माध्यम बाट पुष्टि भएको पनि दाबि गरिएको छ । सहकारी बचतकर्ताहरुको बचत फिर्ता गर्न,सहकारी समस्या लाई दिगो रुपमा समाधान गर्न सहकारी रकम अपचलन र ठगी गरेकाहरुलाई छानवीनको दायरामा ल्याई कानुनी कारवाही गर्न मांग गरिएको छ ।

सहकारी समस्या समाधान गर्न निष्पक्ष संसदीय छानवीन समिति गठन गर्न ने.वि.संघको मांग रहेको छ । यस सँगै विद्यालय शिक्षा विधयेक २०८० तत्काल लागु गर्न र विश्व विद्यालय छाता ऐन सम्बन्धी विधयेक तत्काल प्रतिनिधि सभामा प्रस्तुत गर्न ने.वि.संघले मांग गरेको छ । वर्तमान सरकार कानुनी राज्यको प्रत्याभूति गराउन असफल भएको छ । लोकतान्त्रिक व्यवस्थाका प्रतिनिधित्व गर्ने व्यक्तिहरु माथि ठगी,भ्र्ष्टाचार जस्ता आरोप हुँदाहुँदै पनि नेतृत्वले छानवीनको दायरामा नल्याउनु निष्पक्ष छानवीन समिति गठनमा बाधा पुरयाउनु निन्दनीय छ ।
लोकतान्त्रिक व्यवस्था लाई धुमिल हुन बाट जोगाउन नेपाल विद्यार्थी संघ सदैव तत्तपर छ जिल्ला देखी केन्द्र समम् ने.वि.संघ का विद्यार्थीहरु कडा संघर्ष गर्न तयार रहेको ने.वि.संघ महोत्तरी जिल्ला अध्यक्ष सुनिल सुमन ले बताएका छन ।
