महोत्तरी - उपचारमा रहेको क्षयरोगी बिरामीलाई पोषण सामाग्री वितरण गर्न सुरु गरिएको छ। बिराट नेपाल मेडिकल ट्रष्टले साबित्री बस्नेत फाउन्डेशन फर टिवी को आर्थीक सहयोग नरिस टिवी प्रोजेक्ट अन्तर्गत औरही नगरपालिका, रामगोपालपुर नगरपालिका र गौशाला नगरपालिका अन्तर्गत उपचारमा रहेको क्षयरोगी बिरामीलाई पोषण सामाग्री वितरण गर्न सुरु गरिएको हो। नगरपालिका र बि.एन.एम.टी नेपाल बिचको दुईपक्षिय सम्भौतामा यो कार्यक्रम संचालन भईरहेको छ ।
औरही नगरपालिका १० जना ,गौशाला नगरपालिका २० जना र रामगोपालपुर नगरपालिकाले १० जना क्षयरोगी बिरामीहरुलाई आफनो आन्तरीक पालिकाको आर्थीक सहयोगवाट र जम्मा ४० जना क्षयरोगी बिरामीहरुलाई सोही अनुरूप बि.एन.एम.टी. नेपालले सावित्री बस्नयात फण्ड फर टि.बि. को आर्थीक सहयोगमा पोषक खानेकुरा र सामाग्री वितरण गरेको छ । बि.एन.एम.टी नेपाल महोत्तरीका जिल्ला कार्याक्रम संयोजक डा. मनोज कुमार साहका अनुसार ८० जना बिरामीलाई उपचार अबधी ६ महिना सम्म दिने जानकारी दिए। सामाग्री पाउने बिरामी माघ महिना यता पहिचान भएका हुन ।
बिरामीहरुको पोषण अवस्थामा सुधार ल्याउने उद्देश्यले पोषण सामाग्री वितरण गरिएको डा. साहले बताए । प्रत्येक बिरामीलाई चामल २५ कि.लो., दाल १ कि.लो., तेल १ लिटर,चना १.५ कि.लो., आटा १ कि.लो. मासहारी भए अण्डा १ क्यारेट र साकहारी भए स्वायबिन १ कि. लो. को प्याकेज तयार गरि महिनामा एक पटकका दरले ६ महिनासम्म उक्त सामाग्री वितरण गरिने उनले जानकारी दिए। यस्तै ५ वर्ष मुनिका बालबालिका बिरामी सँग भएको भए २ प्याकेट सर्वोत्तम पिठो (लिटो) समेत दिने गरिएको जानकारी गराए ।
गरीब, विपन्न, जेष्ठ नागरिक, बिद्यार्थी,गर्भवती, सुत्केरी, बेरोजगार र बसाईसराई गरि आएका बिरामीलाई प्राथमिकतामा राखेर पोषण सामाग्री बाँड्ने गरिएको छ ।अहिले सम्म माघ र चैत्र महिना सम्म ४० जनालाई क्षयरोगी बिरामीहरु जस मध्ये २० जना गौशाला नगरपालिका १० जना,औरही नगरपालिका १० जना र रामगोपालपुर १० जना वाट छनौटमा परेको र सो बिरामीलाई पहिलो चरणमा बि.एन.एम.टी. नेपालले सावित्री बस्नयात फण्ड फर टि.बि. को सहयोगमा पोषक खानेकुरा र सामाग्री वितरण गरेको छ ।
६ पटक वितरणको क्रममा छन् । बुधवार औरही नगरपालिका नगर प्रमुख प्रदिप कुमार खड्का र रामगोपालपुर नगरपालिका नगर प्रमुख राम दुलार साहले आफ्नो पालिका अर्न्तगतको सबै स्वास्थ्य संस्था अर्न्तगतका उपचारमा रहेको १० -१० जना बिरामीलाई नगरप्रमुखहरु र दुवै पालिकाका स्वास्थ्य शाखा प्रमुखको हातवाट पोषण सामाग्री वितरण गरिएको हो ।
सो क्रममा नगरप्रमुखहरुले बि.एन.एम.टी. नेपालले टि.बि. निदान, उपचार र न्यूनीकरणमा उचस्तरीय काम र सहयोग गर्दै आएको बताए। यस्ता कार्यक्रमले बिरामीहरुको जिवन बचाउन र उपचार निकोदर बढाउन निकै महत्वपूर्ण भुमिका निर्वाह गर्ने र यस्तै किसिमको कार्यक्रम नगरपालिकाहरुले नियमित संचालन र निरन्तरता दिने औरही नगरपालिका नगरप्रमुख प्रदिप कुमार खड्काले बताए।