काठमाडौं । पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटेको छ । पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँ र डिजेल, मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको नेपाल आयल निगमले बुधबार एक विज्ञप्तिमार्फत जनाएको छ ।
निगमका अनुसार घटेको मूल्य बुधवार राती १२ बजेपछि लागू हुनेछ । पेट्रोलको मूल्य १७८ रुपैयाँ प्रतिलिटरबाट १७१ रुपैयाँमा झरेको हो । यस्तै डिजेल र मट्टितेलको मूल्य अधिकतम १५९ रुपैयाँबाट १५४ रुपैयाँमा झरेको निगमले जनाएको छ ।