
विष्णु गुप्ता,महोत्तरी - महोत्तरीको मटिहानी नगरपालिका जरलहवा बस्तिका आगलागि पिडित एक सय चार घर परिवार लाई कौम-ए-तन्जिम सेभ ग्रुप जलेश्वरले खाद्यान्न सामग्री वितरण गरेको छ ।
बैशाख १२ गते महोत्तरीको मटिहानी ६ जरलहवा बस्तिमा भिषण आगलागिले सय भन्दा बढ़ी घरपरिवार लाई क्षति पुर्याएको थियो ।
घरवार विहिन हुनपुगेका जरलहवा बस्तिका स्थानियलाई कौम-ए-तन्जिम सेभ ग्रुप जलेश्वरले दश किलो चामल,दश किलो गहुँ,दाल र सुट कपडा एकथान पिडित परिवारलाई वितरण गरेको छ ।