जनकपुर - भन्सार कटाएको मालसामान पक्राउ गरेको भन्दै जनकपुर धामस्थित उद्योगी व्यवसायी भन्सार कार्या लय अगाडि प्रदर्शनमा उत्रेका छन् । जनकपुरधाम उद्योग वाणिज्य संघको अगुवाईमा दर्जनौ उद्योगी व्यवसायीहरु भन्सार कटाएर ल्याइएको मालसामान प्रहरीले पक्राउ गर्नु नियम विपरित र गैरकानूनी रहेको भन्दै विरोध गरेका हुन ।
जनकपु रधामस्थित कपडा व्यवसायी अनिकेत अग्रवालले जटही भन्सारबाट भन्सार कटाएर ल्याइरहेको करीब १० लाख रुपै या बराबरको मालसामान रामपुरबाट बुधवार बेलुका ६ बजेतिर रेलवे स्टेशन पो ष्टमा कार्य रत डिएसपी पवनले नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाएको हो । भन्सार कार्या लयले आवश्यक अनुसन्धानका लागि पथलै या पठाउने भने पछि व्यवसायीहरु आन्दोलित भई प्रदर्शनमा उत्रेको बुझिएको छ ।
जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष सुरेन्द्र भण्डारीले भने भन्सार कटाएर ल्याइएको मालसमान क्षेत्राधिकार बाहिर त्योपनि सिभिल ड्रेसमा पक्राउ गर्नु गैर कानूनी हो । कमीशनका लागि डिएसपी पवनले मालसामान पक्राउ गरेको उनको ठहर छ । उनले थप्दै भने यदि भन्सार कटाएको छैन भने व्यवसायी गलत हो ।
भन्सारले जे सुकै कारवाही गरोस हामीलाई मान्य छ ।
तर कमीशन नदिएपछि मालसामान पक्राउ गरी भन्सार मा बुझाउनु भनेको व्यपारी तर्साउने कार्य रहेकाले हामीले त्यसको विरोध गरेका छन् । यदि मालसामान अवैध रुपमा ल्याइएको हो भने भन्सार बोर्डर कटाएर जटहीबाट दुई÷तीन ठाउंमा सशस्त्र र नेपाल प्रहरीको चेकजाँच रहेको अवस्था कसरी आयो प्रति प्रश्न गर्दै उनले जनकपुरमा सशस्त्र प्रहरीले पक्राउ गर्नु ज्यादती हो ।
यसलेके प्रष्ट हुन्छ भने सशस्त्र प्रहरी अवैध रुपमा कमीशन दिएर मालसामान ल्याउन भन्नेतर्फ उद्दत गरिरहेको छ। बिना शर्त मालसामान नछोडे कडाभन्दा कडा आन्दोलन गर्ने चेतावनी समेत उनले दिएका छन् ।