
महोत्तरी - मटिहानी नगरपालिका वडा नम्बर ६ जरलहवा गाछीमा आगो लागि क्षतिग्रस्त क्षेत्रका पीड़ितहरुलाई आज नेपाल प्रहरी श्रीमती संघ द्वारा राहत सामाग्री वितरण गरिएको छ।
उक्त राहत बितरण कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी केन्द्रिय अध्यक्ष लक्ष्मी कुँवर,महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक
यज्ञ बिनोद पोखरेल,नेपाल प्रहरी श्रीमती संघ मधेश प्रदेशकी अध्यक्ष गरिमा कुमारी पोखरेल लगायत नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु,महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने ,संचारकर्मी, बुद्धिजीवि,स्थानीय भद्रभलादमी तथा आगलागीबाट प्रभावित परिवारहरुको उपस्थिति रहेको थियो ।



