
महोत्तरीको बर्दिवास नगरपालिकाले अवकाश पाएका १२ जना महिला स्वास्थ्य स्वयमसेविकालाई जनही एक लाखसहित सम्मान गरेर बिदाई गरेको छ ।
६० वर्ष उमेर पूरा भएका स्वयमसेविकालाई सेवाबाट बिदाइ गर्ने क्रममा बर्दिवास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले तोकिएको अवधिसम्म सेवा पु¥याएर समाजमा उल्लेखनिय काम गरेको भन्दै नगदसहित सम्मान गरी बिदाई गरेका हुँन।
उनले अवकासको समयमा संघिय सरकारबाट २० हजार रुपैयाँ मात्रै उपलब्ध गराइँदै आएकाकोमा नागरिकको घरघरमा पुगेर स्वयमसेविकाको रुपमा सेवा पु¥याउँदै आएकालाई संघिय सरकारको सेवासुविधा अति न्यूनतम भएकाले उनिहरुलाई सम्मान स्वरुप नगरपालिकाले ८० हजार थपगरी १ लाख प्रदान गरीएको जनाए ।

मेयर क्षेत्रीले नगरपालिका तथा संघिय सरकारबाट प्रदान गरीएको न्युनतम रकमलाई अधिकतम उपयोग गर्न सकेमा यसले स्वयमसेविकाहरुको जिबिको पार्जनमा समेत सार्थकता ल्याउन सक्ने बिश्वास ब्यक्त गरे । क्षेत्रीले स्वयमसेविकाहरुले स्वास्थ्य क्षेत्रमा पु–याएको योगदानको जति बयान गरेपनी कमनै हुने भन्दै उनिहरुको स्वास्थ्य बिमाकालागी सकारात्मक पहल गरीने उल्लेख गरे ।
२०४५ सालदेखी नगरका टोल–टोलमा सहज स्वास्थ्य सेवा पु¥याउन निःस्वार्थ भावले स्वयंसेविकाको काम गर्दैआएकी बर्दिवास नगरपालिका वडा नम्बर ११ खयरमाराकी गितादेबी काफ्लेले नगरपालिकाले प्रोत्साहन स्वरुप दिएको रकम स्वागत योग्य भएको बताईन।
उनले भनिन नगरले थपेर दिएको रकमलाई म स्वागत गर्छु अब मेयर साहबले हामी अबकास भएका स्वयंसेविकाहरुको स्वास्थ्य बिमापनी गराईदिए सुनमा सुगन्ध हुन्थ्यो।
धेरै कठिनाईहरुको सामना गर्दै यतिका बर्ष नि–शुल्क काम गरियो अब अहिले आएर नगरवाट पैसा थपेर पाएकाछौ, बुढेसकाललागेको छ, बिरामी परे भने ओखतीमुलो किनेर खान सजिलो भयो।
यसैगरी अबकास पएकी बर्दिवास ४ की अर्की स्वयंसेविकाका मलही देबीले पाएको अबकासको रकम नाती नातिनीको पढाईमा खर्च गर्ने जनाईन।

उनि भन्छिन, नाती नातिना पढदैछन उनिहरुको पढाईमा मेयरसाहबले थपेर दिएको पैसाले मद्त गर्छ। धेरै बर्ष स्वास्य क्षेत्रमा काम गरियो, बाल,बालिकालाई खोप र अरु औषधि बैश्कलाई पनी खुवाईयो जसले गर्दा अकालमा हुन सक्ने मृत्यु बाट बचाईयो मेयर साहबले अब हाम्रोपनी स्वास्थयको ख्याल गरेर हमीलाई कुनै रोग लागेमा नगरपालिकाले नि–शुल्क उपचार को ब्यवस्था मिलाई दिनु भए राम्रो हुन्थ्यो । हाल ७२ जना बर्दिवास नगरपालिका भित्र महिला स्वास्थ्य स्वयंसेविका कार्यरत रहेका छन ।
आफ्नो घरपरिवारको प्रवाह नगरी छोराछोरीका लागि समेत समय व्यवस्थापन गर्न नसकेका उनिहरु समाजको सेवामा निरन्तर खटिनै रहेको देखिएको छ।
जुनसुकै प्रकारको महामारीको समय भएपनी समाजको अग्र स्थानमा रहेर सेवा गरिरहेका महिला स्वास्थ्य स्वयमसेविकाकोलागी नगर सरकारले थोरै रकमको ब्यवस्थापन गरे पनी संघिय सरकारले उनिहरुको सही मुल्यांकन गर्नुपर्ने आजको आवश्यकता टटकारो देखिन्छ ।