
महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी स्थित रहेको नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतका या.ल.ना. बिद्यापीठमा आज स्व. बि. यू. को निर्वाचन सम्पन्न भएको छ ।
आज भएको सो निर्वाचनमा लो.बि. संघका सर्वेश झा सहित लो.बि. संघ सम्पूर्ण प्यानल विजय भएको छ ।
जम्मा ११९ मत खसेको सो निर्वाचनमा लो.बि. संघ सभापति सर्वेश झा ६२ मत प्राप्त गरी विजय भएको छ भन्ने अ. ने.रा.स्व. बि. यू.सभापति पदका उम्मेदवार मृतुन्जय मिश्राले ४८ मत मात्र प्राप्त गरेको थियो ।
त्यसै गरी सचिवमा लो.बि. संघका केपी पाण्डेयले ८१ र अ. ने.रा.स्व. बि. यू. का हेमन्त कोईरालाले ३१ मत प्राप्त गरेको थियो ।
त्यसै गरी त्यसै गरी कोषाध्यक्षमा ने.बि. संघका आशीष झा ७६ र अ. ने.रा.स्व. बि. यू. का बृजभूसन झा ३६ मत प्राप्त गरेको थियो ।
यस अघि उक्त बिद्यापीठमा २०७९ साल चैत्र ५ गते भएको सो निर्वाचनमा पनि लोकतान्त्रिक बिद्यार्थी संघका सभापति सर्वेश झा सहितका लोकतान्त्रिक बिद्यार्थी संघका प्यानल नै विजय भएका थिए ।