
महोत्तरी - महोत्तरीको रामगोपालपुर नगरपालिकामा स्वास्थ चौकी भवनको शिलान्यास भएको छ। महोत्तरीको क्षेत्र नम्बर ४(ख) बाट निर्वाचित मधेस प्रदेशका सांसद एवंम पुर्व आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहा र रामगोपालपुर नगरपालिका नगर उप प्रमुख रिना देवी यादवद्वारा रामगोपालपुर नगरपालिका ७ सहसौला स्थित रहेको स्वास्थ्य चाैकी भवनकाे शिलान्यास गरिएको छ।
स्वास्थ्य मन्त्रालयकाे बजेटबाट समान्य जनताहरुकाे स्वास्थ्यमा सर्वसुलभ पहुच गर्ने उदेश्यले सो स्वास्थ्य चाैकीकाे भवन निर्माणका लागि शिलान्यास गरिएकाे छ ।उक्त भवन निर्माणका कार्याका लागि करिब २५ लाख बराबरकाे रकमको बजेटबाट निर्माण हुन लागेको सांसद सराेज सिंह कुश्वाहाले जनाएकाे छ ।
महोत्तरी निर्वाचन क्षेत्र ४ को (ख) बाट निर्वाचित मधेस प्रदेशका सांसद एबम पुर्ब आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाको प्रमुख अतिथिमा रामगाेपालपुर नगरपालिका वडा न ७ सहसाैलामा एक कार्यक्रमका बीच स्वास्थ्य चाैकी भवनकाे शिलान्यास गरेको हो।
शिलान्यास कार्यक्रममा विशिष्ट अतिथि रामगाेपालपुर नगर उप प्रमुख रिना देवी यादव,अतिथि ने.क.पा.एमालेका पुर्व मुखिया नरेश यादव , स्थानीय महिला वडा सदस्य मिना देवी यादव,ज.स.पा.नेपालका नेता सत्यनारायण चौधरी,बैजु साह, शिब नारायण सिंह लगायत दर्जनाै नागरिक समाज र युवाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे हाे ।उपस्थित स्थानियहरुले अगामिदिनमा समेत नेता कुश्वाहालाई नै मत दिई जिताउने वचन समेत दिएका छन ।