जनकपुर- जसपा नेपालको प्रथम राष्ट्रिय महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ ।
यही जेठ २८ गतेदेखि तीन दिनसम्म जनकपुरधाममा गर्न लागेको महाधिवेशनमा अहिलेसम्ममा केन्द्रका नेताहरूमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा महासचिव नेत्रविक्रम चन्द्र विप्लव महाधिवेशनमा आउने निश्चित भएको छ । नेकपा एमाले अध्यक्ष केपी ओली, प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष सिके राउतलाई निमन्त्रणा पठाइएको बताए ।
फागुन २३ मा जसपा नेपाल विभाजन गरेका अशोक राई समूहलाई भने महाधिवेशनमा नबोलाइएको प्रवक्ता सुमनले बताए । जसपा नेपालको केन्द्रीय समितिको निर्वाचन यही जेठ ३० गते हुने छ । जसपा नेपालको प्रतिनिधि तथा पर्यवेक्षकहरुको रजिष्ट्रेशन कार्य आइतबारदेखि सुरु भएको छ । महाधिवेशनमा सहभागी हुने मधेश प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षकहरुले जेठ २६ र २७ गते बेलुकी पाँच बजेसम्म दर्ता गरीसक्नु पर्ने जनाइएको छ । जसपा, नेपालको केन्द्रीय निर्वाचन समितिले प्रतिनिधि तथा पर्यवेक्षकका लागि दर्ता शूल्क एक हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै दुई प्रति पासपोर्ट साइजको फोटोसमेत माग गरिएको छ ।
सो कार्य तालिकाअनुसार जेठ २८ गते दिनको १ बजे मतदाताको नामावली प्रकाशित, जेठ २९ गते बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने जसपा नेपालका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।जेठ २९ गते नै १२ बजेदेखि २ बजेसम्म मनोनयपत्र माथि पर्ने दाबी विरोध दर्ता गर्ने, जाँचबुझ गर्ने कार्य हुने र त्यसै दिन ४ बजेसम्म सोउपर निर्णय गरिने छ ।
जेठ ३० गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान कार्य हुनेछ भने जसपा नेपाल केन्द्रीय समितिको निर्वाचन समापन पछि सबै पदको लागि मतगणना एकै पटक हुने उनले बताए ।