
जनकपुर- जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा जनकपुरमा सोमबार दिउँसाे देखि सुरु भएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पानसमा बत्ती बालेर महाधिवेशनको उद्घाटन गरेका हुन् ।
महाधिवेशनको उद्घाटन समारोहमा नेकपा(एस)का अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका उपसभापति धनराज गुरुङ, स्वतन्त्र पार्टीका उपाध्यक्ष स्वर्णिम वाग्ले, राप्रपाका बुद्धिमान तामाङ, कम्यूनिष्ट पार्टी नेपालका नेत्रविक्रम चन्द(विप्लव) लगायतका नेताहरुको उपस्थिति रहेको छ ।
महाधिवेशनमा शुभकामना राख्दै मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सरोजकुमार यादवले जसपाकै आन्दोलनको जगमा देशमा संघीयता र समावेशीकरण आएको बताए। उनले अहिले संघीयतालाई समाप्त पार्ने खेल भइरहेकाले सबै दल सजग हुनुपर्ने बताए ।





