
भैरहवा- छिमेकी मुलुक भारत को मुम्बई मा आइसक्रिम भित्र काटिएको औंला भेटिएको मामिलामा ठूलो जानकारी आएको छ। आइसक्रिममा भेटिएको औंला पुणेस्थित कारखानाका कर्मचारीको हुन सक्ने प्रहरी अनुसन्धानले देखाएको छ ।
गुनासो गर्ने व्यक्तिले अनलाइन अर्डर गरेको आइसक्रिम आधाभन्दा बढी खाईसके पछि केही गडबड देख्यो तर आइसक्रिमको टुक्रा होला भनेर जब उसले नजिकबाट हेर्यो उसले एउटा नङ देखे पछि प्रहरी लाई जानकारी गराएको जनाईएको छ। आइसक्रिममा काटिएको औंला रहेको पाईएको छ ।प्रहरीका अनुसार कारखानाका एक मजदुरको हालै दुर्घटनामा औँलामा चोट लागेको थियो ।
इन्डिया टुडेका अनुसार आइसक्रिममा भेटिएको औंला पुणेको याम्मो आइसक्रिम कारखानामा काम गर्ने कर्मचारीको हुनसक्ने प्रहरीले जनाएको छ । उक्त व्यक्ति पुणेको एउटा कारखानामा काम गर्ने प्रहरीले जनाएको छ । कारखानामा काम गर्ने क्रममा कर्मचारी दुर्घटनामा परेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । जसमा उनको औंलामा चोट लागेको थियो । यसै कारणले मुम्बईका एक व्यक्तिले अनलाइन अर्डर गरेको आइसक्रिममा भेटिएको औंला यही कर्मचारीको हुन सक्ने प्रहरीको आशंका छ।
रिपोर्टका अनुसार प्रहरीले कर्मचारीको डीएनए नमूना परीक्षणका लागि फरेन्सिक विज्ञान प्रयोगशाला पठाएको छ ।कम्पनीको इजाजतपत्र रद्द गरिएको र भारतीय खाद्य सुरक्षा र मानक प्राधिकरण (फ्स्सै) ले यस मामिलामा अनुसन्धानको लागि पुणे स्थित आइसक्रिम निर्माण कम्पनीको लाइसेन्स पहिले नै निलम्बन गरिसकेको छ।