
धर्वेन्द्र कुमार यादव"यदुवन्शी",बिष्णु गुप्त,महोत्तरी – नेपालमा इंटरनेट सेवा फÞस्टाएसँगै यसबाट हुने जोखिममा पनि उच्च वृद्धि भएको पाईएको छ । प्रविधिमा आश्रित हुँदै गईरहेको नेपाली समाजले इंटरनेट बाट हुने फायदा र बेफायदा दुवै अनुभव गर्दै आईरहेका छन । दिनानुदिन ठगी,आपराधिक घटनामा वृद्धि र समाजिक सदभावमा समेत खलल पुर्याउने काममा इंटरनेट र यसबाट संचालन हुने सामाजिक संजाल र मोबाईल लगायतका उपकरण प्रयोग भएको गरिएको पाईएको छ । यस्ता घटनाबाट नेपाली समाज तथा युवा पुस्तालाई जागरूक गरिनु अहिले मुख्य आवश्यकता हो ।

महोत्तरी जिल्लाको औरही नगरपालिका वडा न ७ स्तिथ श्री रामविलाश यादव चन्देश्वर यादव जनता माध्यमिक विद्यालय कक्षा ९–१०का छात्रछात्राहरुमा साईबर अपराध सम्बन्धि जनचेतना जगाउने उद्देश्यले कक्षा संचालन गरिएको छ ।

महोत्तरी जलेश्वर नगरपालिका वडा५ पर्साका राजेश राय(राजु)ले जलेश्वर नगरपालिकाका सामुदायिक विधायलयमा साईबर अपराध सम्बन्धि चलाएको कक्षा संचालन बाट प्रेरित भई श्री रामविलाश यादव चन्देश्वर यादव जनता माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विरेन्द्र यादव तथा प्रधानध्यापक फेकु यादवले आफ्नो विद्यालयका छात्रछात्राहरुमा पनि साईबर अपराध सम्बन्धि जनचेतना हुनुपर्ने झन्दै राजेश राय लाई विद्यार्थीहरुमा एक दिने कक्षा संचालन गर्न अनुरोध गरेको अध्यक्ष विरेन्द्र यादवले जानकारी दिए ।

शुक्रवार विद्यालयमा अतिरित्त क्रियाकलाप गराउदै आइरहेको र प्रत्येक हप्ता नया प्रयोग नया सीप दिने उद्देश्यलाई केंद्रित गर्दै छात्रछात्राहरुमा साईबर अपराध सम्बन्धि संचालित कक्षाले विद्यार्थीहरुमा चासो र ऊर्जा थपेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र यादवले बताएका छन ।
औरही नगरपालिका २ निवासी सञ्चारकर्मी धर्वेंद्र कुमार यादव“यदुवन्शी“को समन्वयमा र राजेश राय को प्रशिक्षणमा करीब एक सय जना छात्रछात्राहरुमा साइबर अपराध के हो,कसरी अपराधमा परिन्छ र के गर्दा इंटरनेट तथा विधुतिय सामग्रीको सुरक्षित प्रयोग गर्न सकिन्छ विषयक कक्षा संचालन गरिएको थियो ।

विद्यालयमा किताबी ज्ञान आर्जन हुँदैछ तर विद्यालय बाहिर हामिले गर्दै आईरहेका थुप्रै क्रियाकलाप बारे हामीमा जागरूकता अभाव रहेको भन्दै छात्र राहुल यादवले साईबर अपराध सम्बन्धि कक्षामा दैनिक प्रयोगमा रहेको सिम कार्ड,इंटरनेट तथा मोबाईलको सदुपयोग गर्न र कसरी हामी जानअनजान यसको गलत प्रयोग बाट प्रभावित हुन पुग्छौ जानकारी पाएकोले अब सजग भई सहज तरिकाले समाजिक सञ्जाल लगायत मोबाईलको प्रयोग गर्नेछौ र साईबर अपराधमा पर्न बाट आफु र आफ्नो परिवारलाई जोगाउने मद्दत पुग्ने उनले बताए ।
