
धनुषा- विदेह नगरपालिका साक्षर नगर घोषणा गरिएकाे छ ।
आइतवार सम्पन्न विदेह नगरपालिकाको साक्षर नगर घोषणा सार्वजनिकीकरण समारोहको आयोजना गरि नगरलाई साक्षर नगर घोषणा गरिएको हो ।
जिल्ला समन्वय समिति धनुषाका सभापति राजनन्दन मण्डलको प्रमुख आतिथ्यता र नगर प्रमुख बेचन दासको अध्यक्षमा सम्पन्न उक्त घोषाणा सभामा सबैले नगरपालिकालाई साक्षर घोषणा गरिएको हो ।

नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७५।०९।१६ गतेको निर्णय लगायत राज्यलाई नै पूर्ण साक्षर देश घोषण गर्ने नीति तथा साक्षर नेपाल बर्ष २०७६ अवधारणा पत्रको बुँदा नं. १० (ख) र (च) अनुसार १५ बर्ष देखि ६० बर्ष उमेर समूहका ९५ प्रतिशत जनसंख्या साक्षर भएमा साक्षर घोषणा गर्ने व्यवस्था भए बमोजिम विदेह नगरपालिकाको कुल जनसंख्या ३७६९७ मध्ये १५ वर्ष देखि ६० वर्ष उमेर समूहको साक्षरता प्रतिशत ९५.१५ प्रतिशत पुगेकाले असार १४ गते नगर शिक्षा समितिका निर्णय अनुसार नगरपालिकालाई प्रमुख अतिथि राजनन्दन मण्डलले साक्षर नगर घोषणा गरे ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति धनुषाका सभापति राजनन्दन मण्डलले धनुषाको पहिलो साक्षर नगरपालिका घोषणा भएकोमा बधाई दिंदै यसलाई निरन्तरता दिनको लागि सल्लाह दिनुभयो । उहाँले यस नगरको तथ्यांक अनुसार अझ पनि ५ प्रतिशत साक्षर हुन बाँकी रहेकोले शतप्रतिशत नै पर्याउनको लागि अभियानलाई निरन्तरताको दिन नगरपालिका परिवारलाई सुझाव दिनुभयो ।

त्यसैगरी कार्यक्रममा नगर प्रमुख बेचन दासले यस नगरपालिकालाइ साक्षर नगर घोषणा गर्नका लागि विभिन्न क्षेत्र बाट हामीलाई सहयोग गर्ने जनप्रतिनिधी, राजनीतिक दल ,समाजसेवी, संञ्चार माध्यम, विकास साझेदार, बुद्धिजिवी, जनप्रतिनिधि शिक्षक बिद्यार्थीका साथै सरोकारवाला सबै पक्षले पुरयाएको योगदानको उच्च प्रशंसा गर्दै सम्पुणर् महानुभावहरुमा हार्दीक आभार प्रकट गर्नुभयो ।
साक्षर नगर घोषणा पश्चात साक्षर हुन बाकी रहेको निरक्षर जनसंख्यालाइे सम्पूणर् सरोकारवालाको सहयोगमा पूणर् साक्षर बनाउनका लागि आगामी दिनमा यस नगरपालिकाले साक्षरता सम्बन्धी सञ्चालन गरिने कार्यक्रमहरुलाई प्रभावकारी रुपमा अगाडी बढाउने र यस कार्यमा सबै क्षेत्रको रचनात्मक सहयोग रहने कुराप्रति विश्वस्त रहँदै निरन्तर साथ र सहयोगको अपेक्षा गरेको नगर प्रमुख दासले बताउनुभयो ।