
काठमाडौँ - नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक आज दिउँसो ११ बजे बस्नेछ । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, नेताहरुको कार्यविभाजन र सरकारबारे छलफल हुनेछ ।
साथै नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमतिबारे पनि छलफल हुने बताइएको छ । नेपाली कांग्रेस र नेकपा एमालेबीच नेकपा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउने र निर्वाचनताका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने समझदारी भएको छ । सो विषयमा पनि बैठकमा छलफल हुनेछ ।