
हामिले लोकतन्त्रको बारेमा प्रजातन्त्रवारेमा पढ्यौ तर कितावमा लोकतन्त्रको उत्पादकहरूले लेखेका छन की संसारमा उतम व्यवस्था भनेको लोकतन्त्र नै हो । यस्को विकल्प पनि लोकतन्त्र नै हो ।
लोकतन्त्रको शुन्दर पक्ष भन्नु नै कानुनि राज्यको स्थापना हो । जाँहा कानुन सवैलाई वरावर हुन्छ है भन्नु लोकतन्त्रको चरित्र हो ।
हामिले लोकतन्त्र प्राप्त गरेको २० बर्ष भयो विश्वमा धेरै देशहरू लोकतान्त्रिक पद्तिवाट विकासको खुडकिला नाघिसके, हामिले विकासको वाधक हिजोको व्यवस्था भन्यौ अनि यसैको जगमा जनआन्दोलनको माध्यमवाट परास्त गर्र्यौ ।
विकेन्द्रीकरणको सिद्वान्त संघियतामा लगियो । यो पनि समस्या थियन फेरि उहीँ याहापनि कानुनको निर्णय लागू हुनु पर्ने,दलदल मिलेर चोरलाई चौतारि,निर्दोषलाई हथकडि, यस्तै पवृति देखेर नेता भन्ने वितिकै स्वार्थी र लोभिपापीको भिड लाग्न थाल्यो ।
तर सर्वसाधारण जनता नेता भन्ने वितिकै कोही वालेनको नाम लिन थाले कोहि हर्क स्याङ्पान भन्न थाले तर राष्ट्रिय राजनितिका मुलधारका नेतालाई जनताले राष्ट्रिय मिडियावाटै तिरस्कार गर्न थाले ।
अब अहिले एनेकपा हुँदै कहिले कांग्रेससँग कहिले एमालेसंग मिल्दै प्रचण्ड सरकारका मुखिया वने ।
अब कुरा हिजो प्रचण्डलाई सवैले स्वीकारेर प्रधानमन्त्री वनाएकै हुन फेरि आज उनैलाई यिनिहरूले नै प्रधानमन्त्री पदवाट राजिनामा देउ तिम्रो साथमा हामि छैनौ भनेर लेखेर दिएका छन मेरो प्रश्न यदि प्रचण्ड असफल भए तपाईहरू समर्थन दिनेचाहि सफल कि असफल?
ठिक छ प्रचण्ड वहिगर्मन हुनु पर्छ हुनुपनि पर्थ्यो फेरि यस्को समस्या पनि प्रचण्ड नै हुन किनकि उनी सत्ता बाहिर यकछिन वस्न नसक्ने जहिले पनि अस्थिर अभिव्यक्ति दिने,बाहिर कार्यकर्ता लाई एमसीसीको विरोध गर्न लगाउने आफू सांसदवाट पास गराउने, उन्ले जहिले लोकतन्त्र ल्याए त भने तर लोकतन्त्रको मुलमंत्र वुझेर हो या नवुझेर जेलवाट आफ्ना कार्यकर्ता छुटाउने लोकतन्त्र दिवश आउनै नहुने ।
यो हुनुमा उनिहरूको लोकप्रियता भन्दा दलहरूको नेतृत्वको अलोकप्रियताको कारण यिनिहरूको उदय भयो ।
यिनै कारणले मुलाधारका दलहरुले प्रचण्डको स्वभाव अनि हाम्रो व्यवहार मेल खादैन यिनी यसैगर्दै पाचवर्ष प्रधानमन्त्री खान्छन । अब बरू हामी ठुला दललाई राष्ट्रिय सहमतिको नाम दिउ,संविधान संसोधनको मुद्दा फ्याकिउ ।
रबिले फायल खोल्छु भन्दा उन्कै माहासचिवले उनको धोती खोलिदिए यता पुराना राजनीति दलचाहि कानुनलाई मेरै धोती खोलिदिनु भनेर समय हेरि विन्ति गर्छन ।
यदि राष्ट्रिय सहमतिको सरकार भन्ने वितिकै किन फेरि ओलि र शेर वहादुर आलोपालो ? त्याँहा त स्वतन्त्र सांसद अमरेस कुमार सिंह जस्ता व्यक्तिको पनि प्रतिनिधित्व हुनु पर्ने होनि ? के उनिचाहि जननिर्वाचित स्वतन्त्र सांसदले जनताको प्रतिनिधित्व गर्दैनन र ?
राष्ट्रिय सहमतिको सरकार भन्ने वितिकै जतिपनि पार्टी स्वतन्त्र ,महिला,दलित,जनजाति सवैको प्रतिनिधित्व हुनेगरि वनेको सरकारलाई राष्ट्रिय सहमतिको सहमतिको सरकार भनिन्छ,जाहा सवै सत्तापक्ष हुन्छन सवै विपक्ष हुन्छन संसदमा, सडकमा आआफ्ना यजेण्डा फरक हुन सक्छन।
अब राष्ट्रिय सहमतिको सरकार भन्ने वितिकै दलहरू असफल भयको संकेत हो ।तपाईहरूलाई जनताले यसरी म्यान्डेट दिएकै हैन सके कांग्रेसले चलाउ नसके एमालेलाई सरकार देउ भन्ने जनताको स्पस्ट म्यान्डेट हो ।
अब ३२सिटे प्रचण्डलाई काग्रेस,एमालेले प्रधानमन्त्री वनाउनु नै दुवै ठुला दलले जनभावना विपरित काम गरेकै हुन त्यतिखेर एमालेले कांग्रेसको अस्तित्व लाई अस्विकार गर्नु पनि,लोकतान्त्रिक चरित्र नदेखाएकै हो । भारतमा पनि त ठुलो दलको हिसावले मनमोहन सिंहले अरूलाई साथ लियर १० बर्ष सरकार चलाए ।
त्याहा भाजपा कैयौ बर्ष प्रतिपक्ष वस्यो । उस्ले पनि तिनदिने देखि तिन महिनासम्म सरकार चलायो । वाजपेयी त्यसैको उदाहरण हुन अहिले पनि मोदि अरूपार्टिकै साहारामा प्रधानमन्त्री वनेका छन । ठूलो पार्टि मोदिकै थियो तर उनिसँग आफ्नै पार्टिको बहुमत नहुदा उनलाई सहयोग गर्ने नितिस कुमार र चन्द्र बाबू नायडुले न सभामुख मांगे न आफू प्रधानमन्त्री हुन मांगे भविष्य भन्न सक्दिन तर वर्तमानमा भारतिय राष्ट्रिय राजनिति नवुझ्नु पनि नेताहरू को कमजोरी हो ।
तसर्थ अब कुन पार्टिको घोषणापत्र के? हामिलाई छुट्याउन जरूरि छैन,म दलको विरोधि हैन तर दलको नाममा आफ्नु सटर खोलेर वस्ने राजनिति दलका गलत नेताहरूको विरोधी हु ।जस्ले कहिले हामिलाई एमालेको कांग्रेस भएर मलामि जानू हुन्छ ? झन माओवादीले हिडेको वाटो छ भने त्यो वाटो हिड्नै हुदैन भनेर गाउँगाँउ भाइभाइ लडाए अहिले राष्ट्रिय राजनितिको नाममा यिनिहरू एकै भए रे । अनि कार्यकर्ताले उपनाम पाए झोलेदलाल ।
अब रविलामिछाने पनि गफ नदिए हुन्छ मैले भुटानी शरणार्थी र गिरिवन्धु टि स्टेटको जग्गाको फायल खोल्न लागेको थिए । मेरो पद नै गयो भनेर साहानभुति लिने ठाउछैन ।
फायल त आज नखोले नि भोलि खोलिन्छ बंगलादेशमा युद्व अपराधमा लागेका देशद्रोही भनेर कति ज्युउदालाई वाकि मरेकालाई पनि अदालतले सय बर्षपछी फैशला सुनाएर फांसिको सजाय दिएको थियो ।
तपाईको यो कार्यकाल वास्तबमै नारायणकाजिले गरेको काम जतिपनि तपाईले गर्नु भएन जब तपाईको कार्यशैलीप्रति माहासचिवले कुरा उठाए तपाईं उनैलाई कार्वाहिको कुरा गर्नु हुन्छ भने तपाईं पनि लोकतन्त्रमा अधिकतम फाईदा लिएर हिटलर वन्न खोज्नु भयको हो ।
समग्रमा भन्नू पर्दा राष्ट्रिय सरकार भनेको दलभन्दा वाहिरवाट ल्याएर सरकारमा प्रतिनिधित्व गराएर संविधान संसोधनको विषयमा मात्रै कामगर्ने एजेण्डा दियर कामगर्न दिने हो भने यस्मा प्रचण्ड लगायत अरू दल पनि मान्छन र राष्ट्रिय सहमतिको सरकार र उस्को एजेण्डा पनि साकार हुन्छ । अब भनिएको छ ठुला दल मिलेर आलोपालो सरकार चलाउने काम भनिएको छ संविधान संशोधन गर्ने । यो गर्न लाई हिजो कृष्ण प्रसाद भट्टराईको अन्तरिम सरकारले वनाएको ऐमाले,कांग्रेस,सदभावना पार्टि,सवै मिलेर वनाएको संविधान उत्कृष्ट थियो ।
तसर्थ अहिले वन्ने सरकार वनिहाले पनि राष्ट्रिय सहमतिको सरकार वन्ने हैन,दुई वा दुई भन्दा वढि मिलेको मिलिजुलि सरकार वन्ने छ जस्लाई राष्ट्रिय सहमतिको सरकारको नाममा संघदेखि प्रदेश सम्म भागवण्डा लगाउने अनि राष्ट्रिय सरकार भन्न कदापि मिल्दैन ।