
काठमाडौं- देशको राजधानी काठमाडौंस्थित रगत सम्बन्धी भव्य सम्मेलन हुने भएको छ। रगतको आवश्यकता, महत्व र यसले पार्ने प्रभाव लगायतका विविध विषयहरुमा केन्द्रित रहेर ब्लड फर नेपाल सम्मेलन २०२४ को नामँक कार्यक्रम गर्न लागिएको हो। विगत ६ वर्षदेखि रगतका विषयमा काम गर्दै आएको ब्लड फर नेपाल नामँक संस्थाको आयोजनमा आउदो श्रावन महिनाको ५ र ६ गते काठमाडौँमा सम्मलेन हुने कुरा तय गरिएको ब्लड फर नेपालका अध्यक्ष सरोज कुमार महतोले बताए । दुई दिवसीय सम्मेलनको पहिलो दिन रगतका बारेमा प्रस्तुतिकरण गरी यसको आवश्यकता,महत्व र उदेश्य सहितको कुराहरु प्रष्ट पारिने छ भनेर नेतृत्व क्षमता अभिवृद्धि,सामुहिक कार्य र कन्टेन्ट बनाउने तालिम सिकाइने सम्मलेनका संयोजक अर्चना झाले बताइन्।
उनका अनुसार पहिलो दिनको साँझ राती साँस्कृति कार्यक्रम गरी हिमाल ,पहाड तराईको साँस्कृति पहिरन सहितको नाच-गाण गरी एक आपसमा सहिष्णुताको भावना जगाउने र विश्वबन्धुत्वको भाव उत्पन्न गराउने उद्देश्यले साँस्कृति साँझ नामँक कार्यक्रम पनि राखिएको कुरा बताइन्। साथै ब्लड फर नेपाल सम्मेलन दुई दिवसीय कार्यक्रममा देशभरीबाट यस संस्थामा आवद्ध रहेको १२० भन्दा बढी सदस्यहरु यहाँ सहभागी हुने छ भने ब्लड फर नेपालमा आबद्ध नभएकाका तर हामि सँग हाम्रो अभियान मा जुड्न चाहेकाहरुलाई हरेक प्रदेशबाट दुई जना लाई सहभागी गराएको कुरा बताइन् ।

कार्यक्रमको दोश्रो दिन रगतका विषयमा काम गर्ने संस्थाहरुको प्रतिनिधि, विभिन्न दातृ संस्थाहरुका प्रतिनिधिहरु र सरोकारवाला निकायका जिम्मेवार व्यक्तिहरुको सहभागीता मा सामूहिक चर्चा-परिचर्चा गरी अगामी रणनितिहरु बारे खुल्ला बहस गरिनेछ भने रगत सम्बन्धी विशेष योगदान पुर्याएका युवाहरुलाई सम्मान गरी प्रोत्साहन गर्ने कार्यक्रम राखेका कुरा समेत रहेको जनाइएको छ। झाले भनिन् "मानव जिवनमा रगतको महत्त्व अत्यन्तै बढि रहेको कुरा यहाँहरुलाई सर्वदित नै छ ।
यस क्षेत्रमा काम गर्ने युवाहरुलाई प्रशिक्षण दिई सो प्रशिक्षणबाट ती युवाहरुलाई दक्ष बनाई उनीहरुलाई आम जनसमुदायमा काम गर्ने सहज बाताबरण बनाउने हाम्रो उदेश्य रहेको छ। दक्ष र अनुभवी अभियन्ताहरु तयार भए रगत सम्बन्धी कार्यमा सहजता आउने हाम्रो विश्वास रहेको छ। यसमा सबै व्यक्ति जहाँ बाट जसरी हुन्छ साथ र सहयोग गर्न समेत आग्रह र अनुरोध गर्दछौं " ।