महोत्तरी - युरिया रासायनिक मलमा मिसावट भएको बोरा फेला परेको बारे सम्बन्धी समाचारको भिडियो शिरीष न्युजबाट प्रकाशित भए पछि साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड जनकपुर शाखाले चासो लिएको छ।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको युरिया रासायनिक मलमा मिसावट भएको बोरा फेला परेको बारे सम्बन्धी समाचारको भिडियो शिरीष न्युजबाट प्रकाशित भए पछि साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड जनकपुर शाखाका कार्यालय प्रमुख शुभ नारायण साहले विहिवार औरही नगरपालिका १ बस्ने किसान शियासरन ठाकुरलाई युरिया रासायनिक मलको बोरा उपलब्ध गराईएको छ।
औरही नगरपालिका १ का वडा अध्यक्ष योगि चौधरी,कृषि ज्ञान केन्द्र महोत्तरीका कार्यालय प्रमुख महेश पाल,जिल्ला प्रशासन कार्यालयका सुब्बा श्याम यादव,औरही नगरपालिका कृषि शाखाका कर्मचारी पुरुषोत्तम साह लगायतको रोहवरमाम किसानलाई उक्त मल हस्तान्तरण गरिएको हो।
शाखा प्रमुख साहका अनुसार यो साल्ट ट्रेडिङ कर्पोरेशन संग भएको छैन,कहाँबाट कसरी भयो हामी छानबिन र अनुसन्धान गर्दै छु।अब देखि किसानहरु लाई यस्तो समस्या हुन दिने छैन।