
महोत्तरी - नेपाल दलित मुक्ति संगठनका केन्द्रीय कमिटी सदस्य तथा कैलाली जिल्ला इन्चार्ज र नेकपा (एकीकृत समाजवादी) सुुदूरपश्चिम प्रदेश कमिटी सदस्य दिलबहादुर विश्वकर्माको निधनप्रति नेपाल दलित मुक्ति संगठनले एक प्रेश बिज्ञप्ती मार्फत शोक ब्यक्त गरेकोछ ।
संगठनका केन्द्रीय अध्यक्ष गणेश बहादुर बिश्वकर्माद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ, "दुःखको यस घडीमा कमरेड दिलबहादुर विश्वकर्माप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो सम्वेदना ब्यक्त गर्न चाहन्छौं ।"
मिति २०८१ श्रावण ४ गतेका दिन उहाँको असमायिक निधन भएको थियो । कैलाली जिल्ला बर्दगोरया गाउपालिकाको मुढा बजारमा बसोवास गर्दै आउनुभएका लामो समयदेखि उपचारको क्रममा हुनुहुन्थ्यो । बिशेषगरी सुदूरपश्चिमको दलित र सामाजिक आन्दोलनमा उहाँले योगदान पुरयाउदै आउनु भएको छ ।