
जनकपुर - पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्याको अनुसन्धानका क्रममा सोधपुछका लागि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।राज्यमन्त्री रायको आइतबार मध्यराति सर्लाहीको चन्द्रनगरस्थित निजी निवासमा हत्या भएको थियो ।मन्त्री रायको खेती घरमा काम गर्ने भान्छेलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो । उनी लामोसमयदेखि रायको घरमा काम गर्दै आएका थिए ।
प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएका उनी पनि सोही घरमा राति सुतेका थिए । उनैले राति नै झाको हत्या भएकोबारे आफन्तलाई जानकारी गराएका थिए ।तीनजनाको संख्यामा आएका अपरिचित व्यक्तिले रायकाे हत्या गरेको उनले प्रारम्भिक बयान दिएका छन् ।राय केही दिनअघि मात्रै त्यहाँ पुगेका थिए । चन्द्रनगरमा उनको खेती छ । वर्षेनी धान रोपाउने बेलामा राय आफै जाने गरेका थिए ।
रायका पत्नी र छोरा-बुहारी काठमाडौंमा बस्ने स्थानीयले बताएका छन् । राय करिब ३० वर्षअघि राप्रपाबाट तत्कालिन सरकारको भूमिव्यवस्था राज्यमन्त्री भएका थिए ।हत्यामा कसको संलग्नता छ भन्नेबारे खुलिसकेको छैन । प्रहरीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।
मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी यज्ञविनोद पोखरेल र एसपी रवीन्द्रबहादुर सिंहसहितको टोली घटनास्थल पुगेको छ । रायको शव पोस्टमार्टमका लागि मलंगवा अस्पताल लगिएको छ ।
यो पनि पढ्नुहोस् :