
महोत्तरी - बर्दिबास नगरपालिका अन्तर्गत रहेको सर्पदंश उपचार केन्द्रमा आज एक कार्यक्रम बीचमा नगरप्रमुख प्रहलाद कुमार क्षेत्रीले बर्दिबास नगरपालिकाभित्र सर्पले कसैलाई टोकेमा सर्प दंश उपचार केन्द्रमा लाग्ने खर्च बर्दिबास नगरपालिकाले बेहोर्ने साथै निःशुल्क उपचार गर्ने घोषणा गर्नु भएको छ।
कार्यक्रममा नगरप्रमुख क्षेत्रीले सर्पदंश उपचार केन्द्रका लागि आवश्यक रहेको दुई कोठे भवन पनि यसैआर्थिक वर्षमा निर्माण गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दै उहाँले सर्प दंश उपचार केन्द्रलाई आवश्यक परेको अन्य हरेक किसिमको सहयोग गर्ने बताउनुभयाे ।
कार्यक्रममा नगर प्रमुख क्षेत्री का धर्मपत्नी मञ्जु क्षेत्रीले रु १११११ प्रदान गरी आजीवन सदस्य बन्नुभएको छ।
कार्यक्रममा सर्वदंश उपचार केन्द्रका अध्यक्ष कृष्ण देवकोटाले नगर प्रमुखले गरेको घोषणाले सम्पूर्ण नगरवासीलाई निकै ठूलो राहत पुग्ने साथै नगरले दुई कोठे भवन बनाइदिने कुरा घोषणा गरेको हुँदा अब यस सर्पदंश उपचार केन्द्रलाई उपचार गर्न निकै सहज हुने बताउँदै नगरप्रमुख प्रल्लाद कुमार क्षेत्रीज्यूलाई धन्यवाद व्यक्त गर्नुभयो।