
लोकसेवा तथा शिक्षक सेवा आयोगका विद्यार्थी माँझ पछिल्लो समय निकै चर्चित प्रशिक्षक हुन , मौसम छिनाल वि.सं. २०५३ कार्तिक २४ गते पोखरामा आमा शान्तिदेवी र बुबा मणिराज छिनालको जेष्ठ सुपुत्रका रुपमा मौसमको जन्म भयो । उनले प्रारम्भिक तह देखि कक्षा १२ सम्मको शिक्षा पोखराको अमरसिंह माध्यमिक विद्यालयबाट लिएका थिए । छिनाल सानै देखि तीष्ण बुद्घी र जिज्ञासु स्वभावका थिए । उनको यहीं स्वभावको कारण पढाइमा उनी अब्बल थिए साथै उनी कक्षामा सधैं प्रथम हुन्थे ।
पोखरा वन विज्ञान अध्ययन संस्थान बाट स्नातकः सम्मको अध्ययान पुरा गरेका मौसम विद्यार्थीहरु माँझ अत्यन्तै सरल,मृदुभाषी र हसिंला प्रशिक्षकका रुपमा चिनिन्छन । उनको आफ्नै स्वभावको कारण पनि विद्यार्थीहरु उनी तिर आर्कषित छन ।
मौसम एक कुशल मेमोरी ट्रेनर हुन् जसले नेपाली समाजमा पढाइमा जान्ने हुन रटनै पर्ने, घोक्नै पर्ने परम्परागत शिक्षण पद्धतिका विरुद्धमा मेमोरी टेक्निक्सका माध्यमबाट छोटो समयमा धेरै कुरा पढेर लामो समय याद गर्न सकिने सिकाइ पद्धति विकास गर्ने एक होनाहार युवा हुन । उनी नाच्दै,गाउदै,हाँस्दै हसांउदै पढाउन खप्पिस छन् ।

छिनालले विद्यार्थीहरुलाइ परम्परागत पढ्ने शैलि भन्दा भिन्न व्यवहारिक रुपमा पढने, पढाइमै मनोञ्जन खोज्ने, रमाइलो गर्दै पढने, दीर्घ समय सम्म स्मरण गर्ने जस्ता विधिहरु कक्षामा सिकाउ छन । यसका साथै उनले दैनिक जीवनमा ध्यानको महत्व , ध्यान गर्ने तरिका, खानपान तथा स्वस्थकर जीवनशैली , सकारात्मक सोचको विकास जस्ता पक्षलाइ समेत ध्यान दिएर कोर्स डिजाइन गरेका छन ।
उनले भनेका छन “मैले कक्षामा सिकाएको कुरालाइ गम्भीर भएर विद्यार्थीले सोचे र जीवनशैली त्यस्तै बनाए सफल हुन धेरै समय नलाग्दैन” । “ मैले बाटो मात्रै देखाउने हो मेहनत त विद्यार्थी स्वयमले गर्नै पर्छ , विना परिश्रम केही पाउन सकिदैन । ”
संघर्ष र सफलता
पोखराको अमरसिंह चोकमा आयोजित महोत्सवमा राखिएको स्टलमा मेमोरी इम्प्रुभमेन्ट पुस्तकले उनलाइ आफुतिर आकर्षित गर्यो । त्यस पुस्तकबाट उनले पाठहरु घोक्न बाहेक अन्य स्मरण गर्ने उपायहरु पनि हुन्छन् भन्ने तथ्य पत्ता लगाए । त्यसपछि उनले मेमोरी टेक्निक्स सम्बन्धी विभिन्न पुस्तकहरू खोजी-खोजी अध्ययन गर्न थाले । विभिन्न साइबर क्याफेहरूमा धाएर इन्टरनेटबाट हजारौं वर्ष अघि स्मरण गर्ने टेक्निक्सहरू पनि अध्ययन गरे । साथ-साथै उनले त्यस टेक्निक्सहरूलाइ अभ्यास समेत गरे, लामो समयको मेमोरी टेक्निक्स अध्ययान,अभ्यास गर्दै गर्दा अन्तत उनी छिटो स्मरण गर्न सक्षम भए ।

२० वर्षको उमेरदेखि उनले मेमोरी प्रशिक्षण दिन सुरु गरे । स्नातक तह अध्ययनका क्रममा आफ्नै सहपाठीहरूलाई स्मरण कलाका विभिन्न टेक्निक्स प्रयोग गरेर कठिन विषयहरू सम्झाउन सहयोग गरे। साथीहरुबाट सकारात्मक प्रतिक्रिया पाएपछि उनले पोखराका विभिन्न विद्यालयहरूमा तालिम दिन थाले। यसका साथै बागलुङ, स्याङ्गजा, पर्वत, म्याग्दी, र चितवनका विभिन्न शैक्षिक संस्थाहरूमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरे ।
छिनालले मेमोरी प्रशिक्षणमा विशेष अध्ययन गरेका छन् र विभिन्न अन्तर्राष्ट्रिय प्रशिक्षण कार्यक्रमहरूमा भाग लिन समेत जाने गरेका छन । उनको प्रशिक्षण विधिहरूमा स्मरण शक्ति सुधार, ध्यान केन्द्रीत गर्ने क्षमता, र सुचना अवधारणामा सुधार समावेश छन् ।
कोरोना महामारी अघि विभिन्न जिल्लाका शैक्षिक संस्थानहरूमा प्रशिक्षण दिन व्यस्त छिनालको दैनिकी एकाएक फेरियो । नेपाल सरकारले महामारी र त्यसबाट हुन सक्ने सम्भावित जोखिमबाट बच्न लक डाउन लगायो । भौतिक कक्षाहरू बन्द भएपछि उनले अनलाइन कक्षाहरू सञ्चालन गर्न थाले। सुरु-सुरुमा अनलाइन कक्षा गर्दा केही चुनौती भए पनि पछि प्रशिक्षणलाई प्रभावकारी बनाए । विशेष गरी लोकसेवा तथा शिक्षक सेवा आयोगका विद्यार्थीहरूलाई लक्षित गर्दै उनले कक्षाहरू सञ्चालन गर्न थाले, जसबाट थप विद्यार्थीहरू आकर्षित भए ।
भविष्यको योजना र सपना
मौसम छिनालको “माइण्ड बुस्टर नेपाल इन्स्टिच्युट” नामक आफ्नै कम्पनी छ, जसका फाउण्डर र सीईओ उनी आफै हुन् । साथै उनले आफ्नो प्रशिक्षण कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा पनि विस्तार गरेका छन्,
उनले आफ्ना कक्षाहरूलाई अझ प्रभावकारी बनाउन र शिक्षा क्षेत्रमा नयाँ प्रविधि ल्याउन व्यस्त छन । पुरानो ढर्राबाट पठनपाठन गर्ने पद्धतिलाइ अन्त्य गर्दै नवीन ढंगले कसरी ? हरेक विषयवस्तु पढन र पढाउन सकिन्छ भन्ने तर्फ सोचीरहेका छन । यसका लागी उनी दिनरात मेहनत गरिरहेका छन । छिनालले मेमोरी पावर को त्यो चुरो कुरा विद्यार्थी माँझ ल्याइदिए , जुन आज सम्म कसैले ल्याएकै थिएन । सतही ज्ञान त सबैले दिन्छन तर वास्तविक चुरो कुरा कसैले भन्दैनं उनले त्यहीं कुरा विद्यार्थी समक्ष पस्केका छन ।

मौसमको मेमोरी प्रशिक्षण कार्यक्रमले धेरै व्यक्ति लाभान्वित भएका छन । फलस्वरुप उनका विद्यार्थीहरूले सरकारी सेवामा नाम निकाल्न सफल भएका छन् । र सो सफलताको नतिजा सहितका स्क्रिनसट पठाएर खुशी साँटछन । छिनालको प्रशिक्षण कार्यक्रमले धेरैको शैक्षिक र पेशागत जीवनमा सकारात्मक परिवर्तन ल्याएको छ ।
स्मरण शक्ति सुधारका लागि उल्लेखनीय योगदान पुर्याए बापत उनलाइ विभिन्न व्यक्ति तथा संघसंस्थाले सम्मान गरेको छ ।
भविष्यमा उनी अंकमा गिनिज बुक अफ द वल्ड रेर्कडमा विश्व रेकर्ड कायम गर्न चाहन्छन । यस तर्फ पनि उनी योजना बनाइ रहेका छन । नेपाली शिक्षाको विकासमा उनले जुन शैलिको विकास गर्न खोजेका छन त्यो शैलि अत्यन्तै लाभदायी छ । यसले परम्परागत शिक्षण पद्धतिलाइ भत्काउन पनि सक्छ , त्यसैले यस क्षेत्रमा उनको बाटो र भविष्य दुवै सकारात्मक उर्जाले भरिएको छ । आगामी दिन उर्जाशील बनोस शिरीष न्युजको तर्फबाट हार्दिक शुभकामना छ ।