महोत्तरी- गौशाला नगरपालिका वडा नम्बर ४ स्थित विर्ता स्पोर्ट्स क्लवद्वारा स्वर्गीय राम लखन चौधरीको स्मृति कप नक आउट १२ औ संस्करण प्रदेश स्तरीय फुटबल प्रतियोगिता शनिवार देखि शुरु हुने भएको छ ।
खेल उद्घाटन गर्न मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री सुरिता कुमारी साह आउने भएको छ । स्वर्गीय राम लखन चौधरी गाविस अध्यक्ष भएकै बेला जनयुद्ध कालमा उनको गोलि हानि हत्या भएको थियो र उनकै सम्झनामा प्रत्येक वर्ष विर्ता स्पोर्ट्स क्लबले खेलको आयोजना गर्दै आइरहेको छ।



उनि एक इमान्दार र जनप्रेमी नेता रहेकोले आज पनि जनसमुदायहरु उनलाई सम्झिदै यो खेल प्रत्येक वर्ष सफलतापुर्वक गरिरहेको विर्ता स्पोर्ट्स क्लवका सचिव इन्दल राउतले जानकारी दिएका छन् ।
यस प्रदेश स्तरीय फुटबल टुर्नामेन्टमा १६ वटा टिम सहभागी हुने बताएको छ ।




