
महोत्तरी- बल्ड क्यान्सर पिडित औरही नगरपालिका २ फुलवरियाकी १५ वर्षीया बालिका चंचला कुमारीलाई आर्थिक अभावले उपचारमा समस्या भएकोछ । परिवारको आर्थिक अवस्था कम्जोर भएकाले चन्चला कुमारीको उपचारमा समस्या भएको हो ।
काठमाडौं उपमहानगरपालिका कोटेश्वरमा रहेको सरस्वती माध्यमिक विद्यालयको कक्षा-१० मा अध्ययनरत चंचला कुमारीलाई एक महिना अघिदेखि बल्ड क्यान्सर भएको छ ।क्यान्सर पीडित बालिकाको उपचारको लागि काठमाडौंको मीनभवनस्थित निजामति कर्मचारी (सिभिल) अस्पतालमा भर्ना गरिएको छ ।
बालिकाको उपचारको लागि हाल सम्म रू.१५ लाख रुपैयाँ खर्च भएको र थप उपचारका लागि अझै रू. ८० देखि ९० लाख रुपैयाँँ खर्च हुने पीडित बालिकाको बुवा बिकाउ साहले बताउनुभयो ।‘अलिअलि भएको पैसा पनि उपचारकै क्रममा सकियो,अब छोरीको जीवनरक्षाका लागि म सँग कुनै उपाय छैन ।
’ पीडित बुवाले भने ‘हाम्रो बिजोक हुनबाट जोगाईदिन सवैलाई अनुरोध गर्छु ।’क्यान्सर पीडित बालिकाको उपचारमा सबैले सहयोग गरिदिनु हुन भन्दै औरही नगरपालिका वडा नम्बर २ को वडा कार्यालयले समेत सिफारिस गरेको छ ।
सहयोगको लागि बैंक खाता विवरण :-
Name : karan kumar sah
Bank Name : Nic Asia Bank(Branch Narephant)
Accunt Number : 3035753038377001
Mobile Number : 9814829059,9826438804
