
महोत्तरीको भंगहा नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ । नगरपालिकाले आर्थिक बर्ष ०८०/०८१ मा वितरण गरेको समाजिक सुरक्षा भत्ता कार्यक्रम कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो ।

सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोग तथा सामुदायिक विकास तथा पैरवी मंच नेपाल बर्दिवासको सहजीकरणमा भंगहा नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले भत्ता वितरण ३-३ महिनामा किन नभएको, एउटै बैंक भएकोले अत्यधिक भीडभाडको कारण टाढाबाट आउनेहरुलाई काम नहुँदा फेरि फेरि आउनु पर्ने बाध्यता, अपांग मैत्री भवन र शौचालयहरु नहुँदा समस्या भएको, अपांग अशक्त र जेष्ठ नागरीकलाई घर घरमै भत्ता पुर्याउनु पर्ने जस्ता समस्या तथा गुनासाहरु राखेका थिए ।

कार्यक्रममा वडा नं. ३ का वडाअध्यक्ष जीतेन्द्र कुमार सिंहले नागरिकको समस्या र गुनासोको पालिकाले संवोधन गर्दै आएको र आगामी दिनमा समेत संवोधन हुने बताए। उनले पालिका अभिभावक भएकोले आफूले प्रवाह गरेको सेवाको बारेमा तपाईहरूका समस्या गुनासा निर्धक्क राख्न र कमजोरी देखिएमा सच्याउनको लागि खबरदारी गर्न पनि आग्रह गरे ।
वडा नम्बर ५ का वडा अध्यक्ष शिवकुमार महताले उठेको गुनासोहरूलाई आगामी दिनमा संवोधन गर्ने र कमजोरीहरू सच्याउने प्रतिवद्धता जनाए ।

नगरँपालिकाको सेवाको पादर्शीता सुनिश्चीत गर्नका लागि नै सार्वजनिक सुनुवाई गरेको बताउँदै प्रमुख प्रशासकिय अधिकृत विजय यादवले बताए । अधिकृत यादवले नगरपालिकाका सबै शाखाबाट हुने कामलाई अझै प्रभावकारी बनाउन लागि पर्ने प्रतिबद्धता जनाए । ‘कुनै कर्मचारीले काम नगरेमा, सेवाग्राहीलाई सहयोग नगरेमा, तपाईहरूलाई समस्या सिर्जना गरेमा प्रमुख प्रसाशकीय अधिकृतलाई भन्नुस्, त्यहाँबाट पनि पार नलागेको मेयरलाई भन्नुुस’ उनले भने ।

नेपाल प्रेस युनियनका महासचिव अजय साहले सहजिकरण गरेको कार्यक्रमको अध्यक्षता वडा नम्बर ५ का वडा अध्यक्ष शिवकुमार महतोले गरेका थिए । कार्यक्रममा नगरपालिकाका उपमेयर शान्ती देवी सिंह, कुमारी बैंकका प्रतिनिधि सतीश साह, सबै वडाका वडा अध्यक्ष तथा वडा सचिवहरु, पंजिकरण शाखामा विमलेश यादव, अमरेन्द्र महतो, सामुदायिक विकास तथा पैरवी मंचका उपाध्यक्ष सोमबहादुर कार्की, सचिव निरु वाइवा लगायत सरोकारवालाका साथै स्थानीयको उपस्थिती रहेको थियो ।

