
आसन्न तीजलाई मध्यनजर गर्दै महोत्तरीको बर्दिवासमा तिज फेस्टिवल एण्ड म्युजिकल इभेन्टस २०८१ आयोजना हुने भएको छ ।
शारदा इभेन्टस नेपालले आयोजना गरेको उक्त इभेन्टसको औपचारिक अडिसन ११ भदौमा गौतम होटल बर्दिवासमा हुने आयोजक पक्षले जनाएको छ ।
अडिसनमा छनोट भएका प्रतियोगीहरुलाई हप्ता दिनको तालिम सहित ग्राण्ड फिनालेमा सहभागी गराईने इभेन्टसका निर्देशक साईमन थापाले वताए । तालिम अवधीमा व्यक्तित्व विकास तथा महिला शशक्तिकरण सम्बन्धि थप अभिमुखीकरण दक्षता समेत प्रदान गर्ने निर्देशक थापाको भनाई छ ।

'बर्दिवास भित्रका महिलाहरुको समुहवाट अडिसन गरि छनोट गरिएका समूहहरुलाई हप्ता दिनसम्म व्यक्तित्व विकास लगायत क्याटवाक र मोडलिङ्ग सम्बन्धि थप तालिम पनि दिनेछौ ।' उनले भने । 'सहभागीहरुलाई बर्दिवासका विभिन्न ऐतिहाशिक, सांस्कृतिक तथा धार्मिकस्थलहरुमा भ्रमण गराईनेछ ।'
ग्राण्ड फिनालेवाट विजेता वन्नेलाई ५० हजार नगद पुरुस्कार सहित १ लाख बराबरको शैक्षिक छात्रवृति इभेन्टका शैक्षिक पार्टनर शारदा एजुकेसन पार्कले प्रदान गर्ने व्यवस्थापक सुमित दत्तले जनाएका छन् ।
कार्यक्रम अवोलोकन गर्नेहरुका लागि टिकट समेत निर्धारण गरिएको छ । टिकटवाट संकलित रकमको २० प्रतिशत हाम्रो माया घर निर्माणार्थ सहयोगमा खर्चिने इभेन्टसका प्रमुख रश्मि दत्तले जानकारी दिईन ।