
जनकपुरधाम- डा.वीर वहादुर महतोद्वारा लिखित आधुनिक मगही भाषा व्याकरण,पिछडावर्ग सँस्कृति र समाज लगायतका पुस्तकहरु मधेस प्रदेशका मुख्य न्यायधिवक्ता सुरेन्द्र कुमार महतोलाई हस्तान्तरण गरिएको छ भने विभिन्न भाषाको विषयमा छलफल समेत गरिएको छ ।
लेखक डा.वीर बहादुर महतो,प्रा.पवन कुमार साह र किरण साहले सँयुक्त रुपमा मुख्य न्यायधिवक्ताको निवासमा भेटेर न्यायधिवक्ता महतोलाई डा.महतोद्वारा लिखित कितावहरु हस्तान्तरण गरिएका थिए ।
न्यायधिवक्ता महतोसँग करिव २ घण्टा भारत,नेपाल,मधेस प्रदेश तथा मौरिससको भाषा,साहित्य तथा सँस्कृतिको बारेमा चर्चा तथा छलफल गरिएको थियो ।
मधेस प्रदेशमा समेत कामकाजको भाषा तय गर्ने बेला भइसकेकोले सबभन्दा बढी बोलिने तथा लेखिने भाषालाई नै मधेस प्रदेशको कामकाजको भाषा तय गरिने न्यायधिवक्ता महतोले बताउनुभयो । यता लेखक डा.महतोले मगही भाषाको ईतिहास अन्य भाषा भन्दा पुरानो रहेको तथा नेपालमा बोलिने भाषा अधिकाँस अन्य भाषा नभएर मगही नै रहेकोले मधेसमा समेत दोस्रो भाषाको रुपमा मगही नै रहेको दाबी गर्नुभयो । कुनै पनि भाषाको बारेमा स्थानीय व्यक्तिको धारणा तथा बुझाई जुन हुन्छ त्यही धेरैले मानेका हुन्छन् तर यथार्थ चाही बिलकुल फरक हुन्छ । त्यही घटना मगही भाषासँग घटेको डा.महतोले आफ्नो तर्क राख्नु भएको थियो ।
श्रीकृष्णजन्माष्टमीको अवसरमा न्यायधिवक्ता महतोले सबै बधाई दिनुका साथै मंगल कामना समेत गर्नु भएको थियो ।