
एनप्यावसन महोत्तरीले जिल्लास्तरिय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ ।
बालदिवसको अवसर पारेर सनिवार आयोजना गरिएको उक्त प्रतियोगितामा जिल्लाभरका २५ वटा विद्यालयको सहभागिता रहेको आयोजक पक्षले जनाएको छ ।
आधारभूत तहवाट नै विध्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा अभ्यस्त वनाउने उदेश्यले सम्पन्न गरिएको उक्त प्रतियोगीतामा जानकीस्थल विद्यालय रामगोपालपुर प्रथम, माउन्ट एभरेष्ट वुद्ध सिता अंग्रेजी विद्यालय बर्दिवास दोश्रो र न्युटन भ्यू विद्यालय रामगोपालपुर तेश्रो भएको एनप्याव्सन महोत्तरीका अध्यक्ष रामवावु साहले जानकारी दिए ।
गौशालाको कभर्ड हलमा भएको उक्त कार्यक्रममा प्रमुख अथितिकोरुपमा सहभागी भएका एनप्याव्सन मधेश प्रदेशका अध्यक्ष डा. नन्दन यादवले अतिरिक्त क्रियाकलापमा विध्यार्थीहरुलाई पारंगत वनाउन सके मात्र क्षमता अभिवृद्धि गर्न सकिने वताउदै एनप्याव्सनले संस्थागतरुपमा र विद्यालयहरुलाई समेत अभिप्रेरित गरिरहेको वताए ।
जिल्ला सभापति रामवावु साहले कुनै दिवस वा अवसरमा मात्र हैन एनप्याव्सनले धेरैजसो अतिरिक्त क्रियाकलापमा नै जोड दिएको जिकिर गर्दै समयसापेक्ष र व्यावहारिक शिक्षामा ध्यान दिइरहेको धारणा राखे ।
कार्यक्रममा गौशाला नगरपालिकाका नगरप्रमुख दिपेन्द्र महतो समेतको उपस्थिति रहेको थियो । स्वागत मन्तव्य भने एनप्याव्सन महोत्तरीका उपाध्यक्ष नोगेन्द्र क्यापछाकीले राखेका थिए ।